गंगा नुहाउन गएका कमल थापाले भने, ‘जय होस् मोदीको !’
Advertise Here Book Now

काठमाण्डु, ३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा संविधानसभा बहिष्कार गरेलगत्तै सुटुक्क गंगा नुहाउन काशी पुगेका छन् । शुक्रबार काशीमा गंगा नुहाएर अध्यक्ष थापाले गंगा सफाइ अभियान चलाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पनि दिएका छन् ।
Kamal Thapa twitt
शुक्रबार काशीमा गंगा नुहाउँदै गरेका अर्धनग्न फोटो र नुहाइसकेपछि खिचिएको सामूहिक फोटो थापाले आफ्नो ट्वीटर एकाउन्टमा राखेका छन् । थापाले विश्वनाथको दर्शन र गंगा स्नानबाट ईश्वरीय आनन्दको अनुभूति भएको उल्लेख गरेका छन् ।
Kamal Thapa twitt 3
ट्वीटमा शुक्रबार थापाले लेखेका छन्, ‘आज काशी विश्वनाथको दर्शन र गंगा स्नानबाट ईश्वरीय आनन्दको अनुभूति भयो ।’
उनले काशीको सन्ध्याकालीन फोटो पनि ट्वीटमा सेयर गरेका छन् । उक्त फोटो राखिएको ट्वीटमा थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै मेन्सन गर्दै शुभकामना दिएका हुन् । सो ट्वीट उनले अंग्रेजीमा लेखेका छन् ।
Kanmal thapa twitt 2
थापाले ट्वीटमा गंगा सफाइ अभियान चलाएकोमा मोदीलाई शुभकामना दिएका हुन् । उनीसँगै उनका भाइ गणेश थापा र परिवारका अन्य सदस्य पनि गंगास्नानमा गएका छन् ।
संविधानसभाभित्र राजतन्त्र, धार्मिक राज्य र संघीयतासम्बन्धी प्रश्न पनि मतदानमा लैजानुपर्ने अडान राख्दै संविधानसभाको पछिल्लो बैठक बहिष्कार गरेका थापा सुटुक्क गंगा स्नानमा निक्लेका हुन् । -                                                                                              - Kathmandu Today

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्