मध्यरातमा दुई युवाले किन गरे एक दर्जन गाडी तोडफोड ?
Advertise Here Book Now

दाङ २ फागुन– गएराति तुलसीपुरमा मोटरसाइकलमा आएका दुई जनाले करिब एक दर्जन सवारीसाधनमा तोडफोड गरेका छन् । घर अगाडि पाकिङ गरेर राखिएका गाडीहरु ती व्यक्तिले किन तोडफोड गरेका हुन भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
राति ११ बजेदेखि १२ सम्मको एक घण्टाको समयमा करिब एक दर्जन गाडी तोडफोड गरिएको छ । घटनामा संम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्ने सकेको छैन ।
10806316_941602075874210_3177786266727352852_n
कालो पल्सरमा बाइकमा आएका उनीहरुले लायन्स क्लब अफ तुलसीपुरको ‘ख’ लाइनमा पार्किङ गरि राखिएको रा१च ४३८ नम्वरको एम्बुलेन्स, पुनरावेदन अदालत तुलसीपुरको अगाडि रहेको ना४ख ५२८३ नम्वरको बस, बा २ ख १२८४ नम्वरको हाइस, ना४ख ७१७० नम्वरको ट्याङ्कर, रा१क २२२ नम्बरको मिनी ट्रक, ना३ख ८३९६ नम्बरको ट्रक, रा१च ४९५ नम्वरको निजी कार, लु१च ५३४३ नम्बर जिप , भे१च १३९८ नम्बरको पिक अप जिप गरि ९ वटा गाडीमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
रातको करिव ११ बजेदेखि १२ बजेसम्म १ घण्टाको समयमा ती गाडी तोडफोड भएता पनि प्रहरी भने अनभिज्ञ रहेको स्थानीयबासीको आरोप छ । तुलसीपुरको बिपीचोक, वीरेन्द्रचोक र नयाँ बसपार्कमा सिसी क्यामरा जडान गरी शान्ति सुरक्षालाई मजबुत बनाउने बताउँदै आएको प्रहरीका लागि यो घटनाले थप चिन्तित बनाएको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी चक्रराज जोशीले तोडफोड जानकारी ढिला आएकाले घटनामा संलग्नको खोजी कार्य तीव्र पारीएको जानकारी दिए । ‘सिसी क्याम्राका फुटेज हेर्दै छौ, त्यसबाट केही सहयोग मिल्छ’, उनले भने ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्