टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर..........................
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम

मङ्गलबार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना२८प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

ठक्करबाट घाइते भएकी धनकुटाको मुगा गाविस घर भई भरतपुर बस्ने ३० वर्षीया सुजाता राईको मृत्युभएको प्रहरीले जनाएको छ ।

आफ्नै श्रीमान्ले चलाएको मोटरसाइकलमा उनी सवार रहेको प्रहरीको भनाइ छ ।

राईको उपचारका क्रममा अपराह्न भरतपुरमा मृत्युभएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

गम्भीर घाइते मृतककी श्रीमान् हेमन्तकुमार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साउन २७ / चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्