लहान नगरपलिकाले हचुवाको भरमा शिक्षक सरुवा गरेको नेपाली काङ्ग्रेसको ठहर , फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी
Advertise Here Book Now

 

संजय विश्वकर्मा लहान २१, श्रावण । सामुदायिक बिधालय अन्तर्गत प्राथमिक तहमा कार्यरत शिक्षकलाई लहान नगर पालिकाको शिक्षा समितिले शिक्षा ऎन विपरीत सरुवा गरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस नगर कार्यसमिति लहानका सभापति सुनिल कुमार महतोले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सरुवाको निर्णय खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन । शिक्षा ऎन २०२८ , शिक्षा नियमावली २०५९ परिवर्तन नहुदै नगर प्रहरी मार्फत शिक्षक सरुवाको पत्र शिक्षकको घर घरमा पुर्याउनु शिक्षा समितिको निरङकुशताको परिचय भएको सभापति महतोको ठहर रहेकोे छ । नेपाल शिक्षक संघ नगर समिति लहानले साउन ८ गते लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझादा पनि कुनै प्रतिक्रिया नदिएकोले बाध्य भएर बिज्ञप्ति निकाल्न परेको सभापति महतोले जनाए । स्थानीय तहको २३ बुदे अधिकार भित्र समेत शिक्षक सरुवा गर्ने अधिकार नभएको जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्