प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा नदिने,
Advertise Here Book Now


तराई मधेसको माग सम्बोधन पछि मात्र राजीनामा : प्रधानमन्त्री

सत्तारुढ पार्टी एमालेको तीब्र दबाब भएपनि प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेसको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर मात्रै राजीनामा दिने पक्षमा छन् ।
प्रधानमन्त्री कोइरालाले आज राजीनामा नदिने भएका छन् । उनले आज बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले तराईलगायत देशका विभिन्न भागमा देखिएको आन्दोलनको समस्या समाधान गरेर मात्रै राजीनामा गर्ने घोषणा गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।

असोज ३ गते जारी भएको नेपालको संविधान अनुसार संसद अधिवेशन सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्ने प्रावधान छ । संविधान कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने सत्तारुढ एमालेको तर्क छ ।
दलहरुबीच संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको भनिंदै आएको छ ।

प्रधानमन्त्रीले संसदमा गर्ने सम्बोधनको बिषयमा छलफलका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
संविधानमा उल्लेख गरिएको सीमांकनलगायत बिषयमा असन्तुष्ट मधेस केन्द्रित दलले तराईमा ५० दिनदेखि आन्दोलन गरिरहेको छ । असन्तुष्टसँग वार्ताको लागि तीन दलले गठन गरेको तीन सदस्यीय वार्ता टोलीले वार्ता सुरु गरिसकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्