सिरहामा ट्रक र बस एकआपसमा ठोकिंदा भएको आगलागीमा परि एकको मृत्यु, दुई दर्जन भन्दा बढी घाइते
Advertise Here Book Now

राम नारायण पंडित÷सिरहा, २७ जेठ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहामा आज बिहान बस र ट्रक एक आपसमा ठोकिंदा भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । आगोले पूर्ण रुपमा जलेको हँुदा मृतकको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट झापाको लागि छुटेको ना. ५ ख ८५३८ नम्वरको वस र विपरित दिशाबाट आईरहेको ना. २ ख ४२९४ नम्वरको मालवहाक ट्रक एक आवसमा ठोकिंदा करिव दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको बताईएको छ । घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ भने गम्भिर घाइतेहरुको थप उपचारको लागि वाहिर पठाईएको छ । आगलागीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्