प्रहरी महानिरीक्षक उपेन्द्रकान्तका गाउंमा लुटपाट मच्चाउंने सार्वजनिक हुंदै
Advertise Here Book Now

दिनेश्वर गुप्ता .
लहान २५ जेठ । जतिबेला प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा बैशाख ३१ गते राती डकैती भयो । पूर्वका प्रहरीहरुको निन्द हराम भयो । अनुसन्धान कडा थालियो । प्रमुख प्रहरी कार्यालय काठमाण्डौंको फोन प्रहरी विटहरुमा निरन्तर आउंन थालियो । अधिकांश जनता यत्तिसम्म भन्न थालियो ‘प्रहरीकै मिलीभगतमा डकैती भएको हो ।’ यसमा भारतीय डाकाहरुको प्रयोग भएको दावी समेत गरिरहेको देखियो । 
तर, छिमेकीको पहल विना कुनै घटना नहुने गरेको यथार्थ हुंदोरहेको छ । ताजै घटना बाराको पनि हो । उद्योगी सुरेश केडियालाई भारतीय अपहरकारीहरुले २० करोड रकम लिनको लागि स्थानीयहरुको प्रयोग भएको नाम आज सार्वजनिक भएको छ । जेठ १३ गते भएको अपहरणमा  नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्य वीरेन्द्र यादव, कांग्रेस क्रियाशिल सदस्य जियालाल यादव, पुष्कर सिंह, चन्चल पाण्डे लगायतका ९ जनालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।  तर, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालको गाउंमा भएको घटनाका डांकाहरुलाई आज २५ दिनमा  मिर्चैया प्रहरी जेठ २६ गते सार्वजनिक गर्दै छन् । यि डांकाहरु नेपालकै रहेको एक स्रोतको दावी छ । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित तीन घरमा बैशाख ३१ गते डकैती भएको थियो  । करिब दशजनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै स्थानीयवासीलाई त्रसित बनाएर डकैती गरेका थिए । मिर्चैया नगरपालिका– ७ का राजाराम यादव, रामेश्वर यादव र मीरा पोखरेलको घरबाट डाँकाहरुले अन्दाजी रु १० लाखभन्दा बढीको सम्पत्ति लुटेर लगेको थियो । 
घटना इलाका प्रहरी कार्यालय मिर्चैयाबाट एक किलो मिटरको दुरीमा घटनास्थल पर्छ । तर समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँका लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । घटनास्थल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालको घर भन्दा करिब २ सय मिटर दूरीमा मात्र रहेको छ । बम पड्काउंदै लुटपाट गरिएको थियो भने डाँकाको प्रतिकार गर्दा स्थानीय ललितादेवी यादव घाइते भएकी थिइन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्