नियमले हुने काम नगर्नु पदिय दुरुपयोग हो – जिशिअ महतो
Advertise Here Book Now

शिक्षामा भएको राजनितिकरण तथा व्यापारीकरणका कारण नेपालमा सरकारी लगानी अनुसारको व्यवस्थापन, शैक्षिक सुधार हुनु नसक्नु र शिक्षाकै क्षेत्रमा सबभन्दा बढी भ्रष्टाचार हुनु आम चासोको विषय बनेको छ । 
शिक्षकको पेशागत सुरक्षाका लागि विभिन्न राजनैतिक दलका भातृ संगठनका रुपमा रहेका पेशागत संघ संगठनले शिक्षकको सरुवा, बढुवा, विद्यालयको भवन निर्माण तथा तलब भत्ता सँग मात्र जोडिएर शैक्षिक गुणस्तरलाई मापन गर्ने गरेको कारण पनि शैक्षिक स्तर खस्केको र दलाली प्रथा मौलाएको कतिपय शिक्षा क्षेत्रका जानकारहरु बताउछन् । 
जिल्ला शिक्षा कार्यालयहरुबाट विद्यालयहरुमा नियमित रुपमा जाने, खाजा, भौतिक निर्माण, मर्मत सम्भार तथा शिक्षकको आन्तरीक तथा जिलान्तर सरुवा सँग बढी सरोकार राख्ने शिक्षकका पेशागत संघ संगठनका अगुवाहरु स्वयंमपनि राजनितिक आडमा शिक्षकको तलब, भत्ता र संचयकोषको रकम खाइदिने, खाजा रकम र भौतिक निर्माणबाट विद्यालयका प्र.अ.हरुबाट विभिन्न बाहानामा रकम मांग गर्ने र विद्यालयमा नितिगत शैक्षिक तथा आर्थिक भ्रष्टाचारमा टेवापु¥याउने गरेको समय समयमा घटीत घटनाहरुमाबाट प्रष्ट देखिन्छ । जसबाट सिरहा जिल्ला पनि अछुतो छैन् । 
सिरहाका शिक्षा क्षेत्रमा नितिगत, शैक्षिक तथा आर्थिक भ्रष्टाचारले जडा गाडि सकेको अवस्था छ । सरकारी लगानी अनुसारको उपलब्धी भएको पाइदैनि । सिरहाका सरकारी विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थाले समाजमा गम्भिर प्रभाव पारेको छ । कतिपय विद्यालयहरुको आर्थिक अपार्रदसिताका कारण प्रधानाध्यापक र शिक्षक बिच दुरु बढेको छ । जसको प्रभाव शैक्षिक कार्यक्रममा परेको छ । सामुदायिक विद्यालयहरु राजनिति गर्नेहरुको अखाडा बनेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थिको अभाव तथा संस्थागत विद्यालय प्रति अभिभावकको आकर्षण बढेको देखिन्छ । यि र यस्ता तमाम समस्याहरु प्रति चिन्तित र सामाधानका लागि विभिन्न राजनैतिक दल तथा पेशागत संघ संगठनहरु संग समन्वय र सहकार्य गरी अधिकांस समस्या आफुले समाधान गरिसकेको दावि गर्ने सिरहा जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो सँग लिएको अन्तरवार्ताको संक्षिप्त अंस । 
@  सिरहाको शैक्षिक अवस्था कस्तो छ ?
– विगतको तुल्नामा सुधारोन्मुख छ । शिक्षकहरु नियमितरुपमा विद्यालयमा जानु भएको छ र जसको कारण सिकाई उपलब्धि बढेको छ । 
@  तपाई सिरहामा जिल्ला शिक्षा अधिकारीको रुपमा आउँदाको अवस्था र अहिलेको अवस्थामा के फरक पाउँनुभयो ?
– म सिरहामा जिल्ला शिक्षा अधिकारीको रुपमा आउँदा धेरै जसो शिक्षकहरु समस्याबाट ग्रसित र दैनिक कार्यालयमा धाउने अवस्था थियो । कतिपय शिक्षकहरु वर्षौ वर्ष विद्यालयमा हाजिर नभएको, तलब भत्ता नखाएको, पद एउटा विद्यालयमा काम अर्को विद्यालयमा, एउटै पदमा दुई–दुई जना शिक्षक कार्यरत रहेको अवस्था थियो । जुन अहिले छैन । ती समस्याहरु मैले सामाधान गरीसकेको छु । त्यस्तै कतिपय विद्यालयहरुले समयमै तथ्यांक बुझाएका थिएनन् । जसको कारण छात्रवृति, ननसेलरी, पाठ्यपुस्तकको रकम जाने अवस्था थिएनन् । जुन समस्या अहिले छैन । 
@  नेपालमै लागु नभएको ‘स्टुडेण्ट आईडी’ सिरहामै लागु गर्नुपर्ने कारण के थियो ?
– कतिपय बोर्डिङ्ग स्कूलहरुले अनुमति बिनानै संचालन गरेको पाइयो । तल्लो तहको अनुमति लिएर माथिल्लो तहको कक्षा संञ्चालन गरेको पाइयो । कतिपय बोर्डिङ्ग स्कूलले सर्टिफिकेट अर्कै विद्यालयबाट बनाएर दिने, एउटै विद्यार्थी सरकारी र बोर्डिङ्ग दुबै तिर नाउँ लेखाउने, सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीको गलत तथ्यांक पेश गर्ने जुन रबैया थियो ‘स्टुडेण्ट आईडी’ले त्यसलाई अन्त्य गरेको छ र सिरहामा मैले लागु गरेको ‘स्टुडेण्ट आइडी’ यसै शैक्षिक वर्ष देखि नेपाल भरी नै लागु हुदैछ । 
@  तपाईले विद्यालयहरुलाई जारी गरेको २५ बुन्दे निर्देशन कार्यान्वयन भएन भनेर सुनिन्छ, के हो वास्तविकता ? 
– होइन, कार्यान्वयन भएको छ । विगतमा धेरै जसो विद्यालयले गलत तथ्यांक भरी सोही अनुसारको सुविधाहरु लिनेगरेको अवस्था थियो जुन अहिले छैन । 
@  सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्ने र संस्थागत विद्यालयमा विद्यार्थी संख्या बढ्नुको कारण के हुन सक्छ ?
– यसको मुख्य रुपमा दुईटा कारणहरु छन् एउटा वैदेशिक रोजगार र अर्को सामुदायिक विद्यालका शिक्षकहरु राजनितिमा लाग्नु । 
@  तपाई घुस लिएर जिल्लान्तर सरुवा गर्नुभयो भन्ने आरोप छ नि ? 
– आरोपका कुराहरु मैले पनि सुनेको छु । मैले आरोप लगाउनेहरुलाई भन्नेगरेको छु । यदि मेरो कार्यालयका कुनै पनि कर्मचारीले कुनै शिक्षकबाट घुस लिएको छ, मांगेको छ वा मैले नै कसैबाट घुस लिएको, मांगेको प्रमाण छ भने प्रमाण सहित उजुरी हाल्नुस् त्यस्तामाथि कार्यवाही हुन्छ । हैन भने विना प्रमाण कसैमाथि आरोप लगाउने वा बदनाम गर्ने काम नगरिदिनुस् । 
@  तपाईले जिल्लान्तर सरुवा गर्नैपर्ने बाध्यता के थियो ? 
– नियम संगत हुने काम नगर्नु भनेको आफ्नो अधिकारबाट बञ्चित हुनुहो र एक किसिमको पदीयदुरुपयोग पनि हो । एक त जिल्लान्तर सरुवा आपैmमा एउटा समस्या हो । करिब चार वर्ष देखि यो जिल्लामा जिल्लान्तर सरुवा भएको थिएन जुन समस्याकै रुपमा थियो । सो समस्या सामाधान गर्न जिल्लाका राजनितिक दल र पेशागत संघ संगठनले निर्णय गरे बमोजिम मैले जिल्लान्तर सरुवा को काम गरेको हु । 
@  तपाई राजनितिक दल र पेशागत संघ संगठनले गरेको निर्णय बमोजिम नै जिल्लान्तर सरुवा गरेको भन्नुहुन्छ, विरोध गर्ने पनि उनिहरु मध्येकै हुन, निर्णय गरेर पनि विरोध गर्नुपर्ने कारण के हुन सक्छन् ?
– बिरोधका मैले दुईटा कारणहरु देखेको छु । एउटा केही विद्यालयहरुले एउटै पदमा दुई–दुई जनालाई सरुवा सहमति दिएको पाइयो । त्यहाँ निश्चित रुपमा कुनै एक शिक्षकको मात्र सरुवा हुन्छ र भयो पनि र जसको सरुवा भएन वहाँले विरोध गर्नु भा को छ । जुन स्वभाविक पनि हो । अर्को, शिक्षकका 
कतिपय पेशागत संघ संगठनहरुले आफुहरुमार्फत आएको फाइल वा आफुले गरेको 
सिफारिस बमोजिम भएको कामलाई मात्र सरुवा भएको बुभ्mनु भएको रहेछ । जुन मैले गरिन विरोध हुनुका कारण यि नै हुन । 
@  तपाई संग शैक्षिक सुधारका योजना के छ ? 
– सर्वप्रथम, विद्यालय खुल्ने वितिकै जिल्ला भरीका विद्यालयहरुको अनुगमन गर्न अनुगमन समिति गठन गर्छु र अनुगमन गर्छु । सम्पूर्ण कार्यक्रमको ओरेन्टेसन, समयमै विद्यालय खुलाउने र निर्धारित समय सम्म विद्यालय संञ्चालन गराउने योजना तयार गरेको छु।                                                                     अपन दैनिकसंगको  कुराकानीमा आधारित अन्तर्वार्ता 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्