बर्दियामा जिपीयस जडित अत्याधुनिक एसी बसहरु संचालनमा
Advertise Here Book Now

बर्दिया,(गुलरिया) । बर्दियामा जिपीयस जडित अत्याधुनिक एसी बसहरु संचालनमा आउने भएको छ । गुणस्तरीय सेवामा सधै प्रतिवद्धता भन्ने मुल नारा सहित भेरी यातायात प्रा.लिले बर्दियामा डिलक्स एअर एसी वसहरु संचालनमा ल्याउने भएको हो । असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर गुलरिया स्थित अस्पताल रोडमा कार्यालय उद्घाटन गर्दै असोज ३ गतेबाट सेवा संचालनमा ल्याइृने प्रालीका अध्यक्ष राजेन्द्र गिरिले वताए ।
 यात्रुहरुलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायातमा पहुँच पुर्याउन सेवा संचालनमा ल्याएको प्रालिको दावी
यात्रुहरुलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायातमा पहुँच पुर्याउन सेवा संचालनमा ल्याएको प्रालिको दावी छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको प्रालिले घरमै बसेर ईन्टनेटबाट आफ्नो टिकट सुरक्षित गर्न सक्ने जनाएको छ । ईन्टरनेटको पहँुच नभएकाहरुलाइृ मोवाईल मार्फत एसएमएस गरि टिकट र सीट सुरक्षित गर्न सकिने संलग्न प्राविधिकहरुले वताएका छन्। साथै बिरामी यात्रुका लागि अक्सिजन सिलिण्डर सहितको एम्वुलेन्स सिट, स्वादिलो, सफा र ताजा खाना खुवाउने प्रतिवद्धता व्यक्त गरेको छ । बर्दिया सदरमुकाम गुलरिया,शान्तिबजार र सानोश्रीबाट काठमाण्डौका लागि बस संचलनमा ल्याईने प्रनलीले जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत प्रालिले सार्वजनिक यातायातको क्षेत्रमा आफ्ना सेवाहरुलाई नयाँ विकल्पको रुपमा प्रस्तुत गर्ने जनाएको छ । २० वटा वस संचालनमा ल्याउने प्रालिले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्