कुनैपनि हालतमा संविधान संशोधन गरिने ः शान्तिमन्त्री यादव
Advertise Here Book Now

सुरेन्द्र कुमार कामति
सिरहा, कार्तिक १५ गते /शान्ति तथा पुर्ननिमार्ण मन्त्री सितादेवी यादव कुनैपनि हालतमा संविधान संशोधन गरिने बताएकी छिन् । 
सिरहा पुस्तकालयको सभाहलमा सलहेश टाईम्स साप्ताहिक पत्रिकाको सामुहिक विमोचन कार्यक्रमका प्रमुख अतिथि रहेका शान्तिमन्त्री यादवले मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनावपनि सम्भव नहुने बताईन् ।
काँग्रेस केन्द्रिय कोषाध्यक्ष समेत रहेकी शान्तिमन्त्री यादव मधेस आन्दोलनमा बलिदान दिएका पचासभन्दा वढीको सहादत खेर नजाने भन्दै संविधान संशोधनको लागि सुरुदेखि नै जोडदार रुपमा आफ्नो कुरा राख्दै आएको बताईन् । 
पत्रिका विमोचन कार्यक्रममा नेपाली काँग्रेसका साँसद मो मुक्तार अहमदले सिरहाको विकासमा सबै चिन्तित हुनुपर्ने धारणा व्यक्त गरे । साँसद अहमदले सिरहाको अवस्था २० बर्ष पहिले जस्तो थियो त्यस्तै रहेको भन्दै यसलाई बदल्न सबै लाग्नुपर्ने जोड दिए ।
सलहेश टाईम्स साप्ताहिक पत्रिकाको विमोचनमा सहभागी नेकपा एमालका साँसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयमा भूमिका खेल्न स्थानीय सञ्चारमाध्यम फस्टाउनु पर्ने बताईन् ।
शान्तिमन्त्री यादव, साँसदद्वय अहमद र यादव, प्रेस काउन्सीलका सदस्य चन्द्रदेव कामती, नेकपा एमालका जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशाकसीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामुहिक विमोचन गरेका थिए ।
विमोचन कार्यक्रमको अध्यक्ष वरिष्ठ पत्रकार गंगाप्रसाद साहले गरेका थिए भने कार्यक्रममा स्वागत मन्त्वय नेपाली काँग्रेसका जिल्ला सदस्य रामकिशोर यादवले व्यक्त गरेको युवा पत्रकार नरेशचन्द्र बरबरीयाले जनाए ।
युवा संघका केन्द्रिय सदस्य एवं नेकपा एमाले जिल्ला सदस्य रविन्द्र साह, सामुदायिक विकास समिति सिरहा माडरका अध्यक्ष राजकुमार झा, अभियन्ता धिरेन्द्र साह, नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय प्रकाश यादव, एभरग्रीण एकेडमीका प्रिन्सिपल अरुण कुमार पासमान, चन्द्र उच्च माध्यमिक विद्यालयका प्रार्चाय मधुसुदन कर्ण लगायतले आफ्नो शुभकामना मन्तव्यको क्रममा महालक्ष्मी पूजाको अवसरमा सदरमुकाम सिरहाबाट प्रकाशन सुरु गरेको सलहेश टाईम्स साप्ताहिकको सफलताको कामना गरेका थिए ।
विमोचन कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषदका पूर्वाञ्चल उपाध्यक्ष गंगा कामती, सामाजिक अभियन्ता शम्भु साह, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नविन यादव, जीवनज्योती डिजिटल प्याथोलोजी ल्याबका सञ्चालिका इन्दिरा साह, सिरहा पुस्तकालका अध्यक्ष ओमप्रकाश साह, आरके मेमोरियल पब्लिक स्कूलका सञ्चालक मनोज यादव, जेम्स इण्लिस स्कूलका सञ्चालक विकास साह, नेपाली काँग्रेसका जिल्ला सदस्य रामचन्द्र यादव, धनेश्वर यादव, युवा युवा समाजिक अभियन्ताहरु सोनु महरा, जितेश कर्ण, विवेक यादव, सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल साह, उद्योग वाणिज्य संघका सदस्य मो. शेख इमरान, पत्रकारहरु नविन ढकाल, अपन दैनिकका प्रकाशक शुभनारायण कामती, मधेसी पत्रकार समाजका अध्यक्ष बद्रीनारायण यादव, नव जागृति साप्ताहिकका सम्वाददाता दिलिप सहनी लगायत समाजसेवी, पत्रकार, व्यवसायी, सरकारी निकायका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, राजनीतिकर्मीको उपस्थिती रहेको थियो ।
सदरमुकाम सिरहाबाट हप्ताको प्रत्येक आईतवार पत्रिका प्रकाशन हुने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्