मधेश विरोधी गतिविधि गरेको आरोपमा एमाले विरोधमा प्रदर्शन
Advertise Here Book Now

दिनेश्वर गुप्ता लाहान कात्तिक २९ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत मधेशमा एमालेको ओहोरदोहोर बढ्दै गएपछि आज लहानमा मधेसी मोर्चाका कर्याकर्ताले सडक अबरोध गर्दै टायर बालेको छ । संविधान संशोधन लगायत मधेश र मधेशीलाई हेला गर्दै आएका एमालेको विरोधमा सडकमा टायर बालेर विरोध जनाएको छ । आईतवार लहानको गोधूली होटलमा विहान ९ बजे प्रेस चौतारी सिरहाले पत्रकार सम्मेलन गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन आएका माधवकुमार नेपालको विरोधमा मोर्चाका संघीय समाजवादी फोरम, सदभावना पार्टी, तमसपा, तमलोपालगायतका कार्यकर्ताहरुले विरोध स्वरुप कालो झण्डा देखाइएको थियो । आज पनि माधवकुमार नेपालले मधेश विरुद्ध गतिविधि बढाइएकोले सडकमा टायर बालेर यस्तो विरोध गरिएको मोर्चा पक्षले जनाएको हो । मोर्चा कार्यकताले सडकमा टायर बालेर सडक अवरुद्ध गर्दा उल्लेखीय संख्यामा सुरक्षा खटिएका छन् । मधेश विरोधी गतिविधि गर्न एमाले नेता इश्वर पोखरेल, योगेश भट्टराई दूई दिनदेखि लहान, चोहर्वालगायत मधेशमा गतिविधि गर्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्