सिरहामा लागुऔषध सहित पाँच पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । लुकाईछिपाई राखेको अवस्थामा लहानको एक गृल पसलबाट एक सय चार वोतल प्रतिवन्धित लागुऔषध कोरेक्स सहित पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान २ मा मो. मुर्तुजाले संचालन गरेको गृल पसल पछाडी प्लाष्टिकको गिलेनमा लुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स वरामद गरेको हो । प्रहरीले विशेष सुराकको आधारमा लागुऔषध सहित लहान २ का २१ वर्षिय मो. तैयब बावु, वर्ष ३६ का मो समीम, वर्ष २२ का रोहित साह सुडी, लहान ३ का ४१ वर्षिय विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान १ मा वस्दै आएका ४० वर्षिय शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले विक्रि वितरणको लागि ल्याएर राखेको हुन सक्ने अनुमान रहेको इप्रका लहानका प्रमुख डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका सवैलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्