सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिद्धारा मोटरसाइकल र्याली
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १३ पौष । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । भारतसँग जोड्ने लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले मंगलबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । ठाढीबाट निस्केको मोटरसाइकल र्याली ठाढीको साथै भगवानपुर, लहान लगायतका स्थानहरुमा कोणसभा गरिएको थियो । उक्त क्रममा सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सम्बन्धित निकायसँग माग गरे । यादबले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे । सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारी सहित मोटरसाइकल र्याली प्रदर्शन गरिएको उनले बताए । लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गरी अविलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्नुको साथै सिरहाका अन्य सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार रोक्न नयाँ शक्तिले खबरदारी गर्ने उनले उदघोष गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्