सिरहाको गोलबजारमा शव भेटियो
Advertise Here Book Now

फिरोज शेख लहान मङ्सिर २० । सिरहाको गोलबजार नपा–वडा नम्बर ६ मा आज सोमबार विहान एक शव फेला परेको छ । शव गोलबजार नपा–वडा नम्बर ४ घरभई गोलबजार–वडा नम्बर ६ मा डेरागरी वस्ने ४० वर्षिय शिवजी साह हलुवाईको रहेको गोलबजार प्रहरीले जनाएको छ ।गोलबजारमै रिक्सा चलाएर डेरा जानेक्रममा लडेर पर्खालमा टाउको ठोकिएर फूट्दा अत्यधिक रक्तश्राव र जाडोको कारण ज्यान गएको हुन सक्ने ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो । शव रहेको क्षेत्रमा धेरै रगत बगेको देखिएको छ । अत्यधिक मधिरा सेवनगरी डेरा तर्फ गईरहेको समयमा गएरातीनै लडेको हुन सक्ने अनुमान गरिएको छ । मदिरा सेवनगरी जतासुकै नियमित घर नआउने व्यवहारभएकाले घरपरिवारले पनि समयमै खोजतलास नगरेको प्रहरीले बताए । साहको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पठाइएको उपाध्यायले जानकारि दिनुभएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्