सार्कमा सुरक्षागार्डले मुख्य कार्यक्रमस्थलमा प्रवेश नपाउने
Advertise Here Book Now
गृहले बनाएको सार्क सम्मेलनको सुरक्षा योजनामा भित्री हलको सम्पूर्ण सुरक्षा जिम्मा आयोजक राष्ट्रको सुरक्षा संगठनलाई तोकिएको छ ।
‘
‘
विशिष्ट पाहुनासँगै आउने बडिगार्ड कार्यक्रम भवनभित्र जान सक्छन्, तर मुख्य हलमा प्रवेश पाउँदैनन्,’ गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, ‘सुरक्षाकर्मी कार्यक्रम हलबाहिरै रहन्छन् ।’ सार्क सम्मेलन अवधिभर कार्यक्रमस्थल, अतिथिको अवासगृह, कारकेड, भ्रमण क्षेत्रलगायत सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका २८ हजार सुरक्षाकर्मी परिचालन हुने प्रवक्ता ढकालले जानकारी दिए ।

