मन्त्री निधिको राजिनामा माग गर्दै प्रर्दशन, गृह सचिव भन्छन् ‘भ्रमण रद्द भएको छैन’
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , जनकपुरधाम ५ कार्तिक । भौतिक योजना तथा यतायात मन्त्री विमलेन्द्र निधिको राजिनामा माग गर्दै जनकपुरधामसहित आसपासका जिल्लाहरुमा विहिबार साँझबाट सुरु भएको प्रर्दशन शुक्रबार दिउँसो पनि जारी रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका मन्त्री निधिको राजिनामा माग गर्दै स्थानीयबासीहरुले प्रर्दशन गरेका छन् । शुक्रबार विहान जनकपुर बजार पुर्ण रुपले बन्द छ । २२ दलीय गठबन्धनले दिउँसो बन्द फिर्ता लिने जनाएको छ ।
स्थानीय पत्रकारहरुका अनुसार मन्त्री निधि जनकपुरको विकास विरोधी रहेको भन्दै पटक पटक उनको विरोधमा प्रर्दशन हुँदै आएको छ । शुक्रबार विहान पनि जनकपुरस्थित मन्त्री निधिको निवास अगाडि प्रर्दशन भएको छ । अहिले निधिको निवासमा सुरक्षाकर्मी तैनात गरिएको छ । जनकपुर निर्माणका लागि रहेको एडिबि प्रोजेक्टमा पनि निधिले अवरोध खडा गरे पछि उनको आलोचनाका साथै काँग्रेसको पनि आलोचना हुँदै आएको छ ।
गृह सचिव भन्छन् ‘भ्रमण रद्द भएको छैन’
मोदीको भ्रमण रद्द भएको खबरले जनकपुरधाममा तनाव भएपछि जनकपुर पुगेका गृह सचिवसहित उच्च सुरक्षा अधिकारीहरुले मोदीको भ्रमण रद्द भएको आधिकारीक जानकारी नआएको बताएका छन् । विहान पत्रकार सम्मेलन गर्दै गृह सचिव सुर्य सिलवालले मोदीको भ्रमण रद्द बारे आधिकारीक जानकारी नआएको बताएका छन् । उनले अहिले पनि बाह्र विगहा मैदानमा सम्बोधनको तयारी भईरहेको जानकारी गराए ।
उनले भने ‘परराष्ट्र मन्त्रालयमार्फत जानकारी आउनु पर्ने हो तर अहिलेसम्म नाएकोले मोदीको भ्रमण रद्द भएको भन्न सकिदैन ।’

