तिघ्रामा गोली लागेका कार्की भर्यािङमै ढले।
हुत्तिँदै आएका दुई मास्कधारीले कार्कीको झोला थुते र बैंकको पछिल्लो ढोकाबाट बाहिरिए। रिजालले पछाडिबाट हेल्मेटले प्रहार गरे पनि लागेन। बाहिर बा६२प ९४१८ र बा३९प ६९३३ नम्बरको मोटरसाइकल स्टार्ट गरेर दुई लुटेरा स्ट्यान्डबाई रहेछन्। पैसाको ब्याग लिएका दुई लुटेरा बाइक चढे, हवाइफायर गर्दै भागिहाले।
बैंकको काउन्टरमा पैसा सकिएपछि २ सय मिटर दुरीमा रहेको एसबिआई बैंकमा पैसा निकाल्न गएका उनीहरू बैंकबाट फर्कंदै गर्दा दिनदहाडै लुटिए। 'पैसा झोलामा हालेर फर्कन भर्याकङ ओर्लंदा–ओर्लंदै ड्याङ्ग आवाज आयो, गार्ड अइया भन्दै लडे,' रिजालले घटना सम्झँदै नागरिकसँग भने, 'हातमा पेस्तोल लिएका, मुखमा मास्क लगाएका दुई जनाले ब्याग लिएर भाग्न खोज्दा मैले हेल्मेटले हानेँ, तर उनीहरू उम्किहाले।'
इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डिएसपी नेत्रमणि गिरी २ सय मिटर दुरीमा थिए। गोलीको आवाज सुन्नासाथ चनाखो भएका उनलाई सादा पोसाकमा खटिएका प्रहरीले बैंकमा गोली हानेर २० लाख रुपैयाँ लुटेर मोटरसाइकलमा भागेको सूचना आयो।
स्थानीय प्रत्यक्षदर्शीले लुटेरा समूह बाइकमा गैंडाटारतर्फ भागेको बताएपछि गिरी ३ वटा टोली बनाएर लुटेरा भागेतिर दौडिए।
लुटेराहरू बाइकमा टेकनाटोल हुँदै चुरेजंगलतिर भागिरहेका थिए। प्रहरी टोली आफूतिर आइरहेको देखेपछि चन्द्रपुर–३, खैराबाट प्रहरीटोलीतर्फ गोली चलाए।
बाटो राम्रो थिएन। मोटरसाइकल चलाउन कठिन भएपछि त्यहीँ छाडेर उनीहरू जंगलतिर भाग्न थाले। ब्याग बोकेका लुटेरा अगाडि–अगाडि थिए, अन्य लुटेरा पछि–पछि। प्रहरीले उनीहरूलाई नभाग्न चेतावनी दिँदै एक राउन्ड हवाइफायर गर्योा।
प्रहरी र लुटेरा २ सय मिटर दुरीमा थिए। हवाइफायर गर्दासमेत लुटेरा नरोकिएपछि प्रहरीले उनीहरूतिर पेस्तोल चलायो। एक जनालाई गोली लाग्यो, तत्कालै ढलिहाल्यो। दोस्रो राउन्ड गोली हान्नुअघि नै अन्य लुटेरा झाडीतिरै अलप भए।
प्रहरी टोलीले बाटोमा ढलिरहेका नारायण राईलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याडयो। उसको पेटमा गोली लागेको थियो। पैसाको ब्यागसहित अन्य लुटेरा फेला परेनन्। 'गोली हानेर बैंकबाट पैसा लुटिएको खबर आएलगत्तै लुटेरा खोज्न खोलाकिनार पुग्दा अगाडि ८ जनाजति भागिरहेका थिए,' डिएसपी गिरीले भने, 'रोक्–रोक् भन्दा उल्टै प्रहरी टोलीतिर गोली हानेपछि हामीले पनि चलायौं, एक जना घाइते भएकाले पक्राउ पर्योे, अरू जंगलमा छिरे।'
तिघ्रामा गोली लागेका कार्की र पेटमा गोली लागेका राईलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज लगिए पनि उपचार सम्भव नभएपछि चितवन रेफर गरिएको छ। फरार लुटेरा समूहको खोजीमा गैंडाटार र जुडिबेलाको जंगलमा करिब १ सय प्रहरी छिरे पनि फेला परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सानुबाबु थपलियाका अनुसार प्रारम्भिक अनुसन्धानमा एक महिनाअघिबाट बैंक लुट्ने योजना बनेको थियो। 'एक महिनाअघि नै योजना बनेको खुल्यो,' थपलियाले नागरिकसँग भने, 'एक जना फेला परे पनि अन्य जंगलमा छिरेका छन्, उनीहरुको खोजीमा प्रहरी सक्रिय छ।'
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार लुटेरा समूह कात्तिक ९ गतेबाट बजारमै रहेको होटल रोमियो–जुलियटको कोठा नम्बर १०५ मा बसेका थिए। कोठा दीपक माझीको नाममा बुक गरिए पनि त्यो नाम नक्कली भएको प्रहरी आशंका छ। होटल र लुटिएको बैंकको दुरी करिब ५ सय मिटर छ।
होटल सञ्चालक आशिष दाहालका अनुसार तिहारअघि नै होटलमा बस्न आएका उनीहरू आउजाउ गरिरहन्थे। ३ जना होटलमा बस्थे, पक्राउ परेका राई भने फाट्टफुट्ट मात्र आउँथे। भाइटीकाको दिन चारै जना घर जाने भन्दै हिँडे पनि लगत्तै फर्किएर होटलमै बसेको र राई सोमबार मात्रै आएको दाहालले जानकारी दिए।
घटना हेर्दा लुटपाटमा संलग्न पोख्त लुटेरा भएको प्रहरी निष्कर्ष छ। पक्राउ परेका सिन्धुली, पीपलमाडीका राई माओवादी पूर्वलडाकु हुन्। उनी हेटौंडामा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानले राई हतियार कारोबारमा सक्रिय रहेको खुलेको प्रहरीले जनाएको छ।
दुई सय मिटर फरकमा रहेको बैंकमा चेक लिएर पैसा निकाल्न आएलगत्तै लुटपाट भएकाले लुटेरा समूहलाई बैंककै कुनै कर्मचारीबाट सूचना चुहिएको प्रहरी आशंका छ। 'लुटेरा समूहलाई बैंकभित्रैबाट सूचना चुहिएको देखिन्छ,' अनुसन्धानरत स्रोतले भन्यो, 'बैंकबाट पैसा निकाल्ने पूर्वयोजना नभई पैसा सकिएपछि अकस्मात निस्कँदासमेत लुटेराले चाल पाउनाले उनीहरूको सहयोगी बैंकभित्रै रहेको पुष्टि हुन्छ।'
दिनदहाडै लुटिए बैंक कर्मचारी
Advertise Here Book Now
काठमाडौं/रौतहट- दिउँसो १:१५ बजे, चन्द्रनिगाहपुर, रौतहट।
इन्फ्रास्ट्रक्चर विकास बैंकका वरिष्ठ सहायक उज्ज्वल रिजाल र सुरक्षागार्ड तेजप्रसाद कार्की नजिकैको एसबिआई बैंकको दोस्रो तलाबाट झर्दै थिए। कार्कीले पछाडि कालो झोला भिरेका थिए, जुन भर्खरै निकालिएको २० लाख रुपैयाँले भरिएको थियो।बाटामा निस्कन ३ खुट्किला मात्र बाँकी थियो, एक्कासि गोली चल्यो।

