‘३ इडियट्स’ को अडिशनमा फेल भएकि थिइन् अनुष्का ! (तस्बीर सहित)
Advertise Here Book Now

3एजेन्सी ।  अनुष्का शर्मा चाडै फिल्म ‘पीके’ मा  अभिनेता आमिर खान सँग देखिनेछिन् । अनुष्काले आमिरसँग पहिलो पटक  फिल्ममा काम गरेकि हुन् । तर  अनुष्का आमिरसँग छ बर्ष पहिलानै फिल्म ‘३ इडियट्स’ मा काम गर्ने मौका पाउन सक्ने थिइन् ।
2‘पीके’ को प्रमोशनमा पुगेकि अनुष्का शर्माले यस रहस्यको खुलासा आफैले गरेकि हुन् । अनुष्काका अनुसार राजकुमार हीरानीको फ़िल्म ‘३ इडियट्स’को लागि अनुष्का शर्माले पनि अडिशन दिएकि थिइन् तर उनि छनौटमा परिनन् ।  अनुष्का शर्मा फ़िल्म ‘पीके’मा आमिर ख़ानसँग देखिनेछिन् ।
1अनुष्काले भनिन्  करिब २०० केटिहरुले फ़िल्मको लागि अडिशन दिएका थिए अन्त्यमा यो  रोल करीना कपूरलाई दिइयो  ।  अनुष्काका अनुसार स्वयम राजकुमार हीरानी र आमिर ख़ानलाई पनि यस कुराको थाहा थिएन । ‘पीके’को शूटिङगको क्रममा जब उनिहरुले यो कुरा थाहा पाए तब उनिहरु अचम्ममा परे ।
 ‘पीके’ मा आमिर खान, अनुष्का शर्मा र संजय दत्त को  मुख्य भूमिका रहनेछ ।  यो फिल्म १९ डिसेम्बरमा फिल्महलमा प्रदर्शित हुने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्