मोदी नेपालप्रति आभारी
Advertise Here Book Now

शिखर सम्मेलनको अभूतपूर्व आयोजना

ऑनलाइन सिरहा डटकम मंसिर १२ /भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुअघि ट्विट गर्दै नेपालको न्यानो आतिथ्यताका लागि धन्यवाद दिनुभएको छ । मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई शिखर सम्मेलनलाई अभूतपूर्वरुपमा आयोजना गरेकामा धन्यवाद दिनुभएको हो । नेपालमा रहेका समयमा पनि सामाजिक सञ्जाललाई निरन्तर प्रयोग गर्नुभएका मोदीले धुलिखेलमा विश्रामका अवसरमा सहभागी भइरहँदा अद्वितीय हिमालयको काखमा रहेको अनुभूति भएको भनी तस्बिरसहित ट्विट गर्नुभएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्