पहिचान र इज्जत बढाउंदै सरसफाई आन्दोलन उचाईमा
Advertise Here Book Now
लहान, ११ मंसिर । ‘ग्रामिणक्षेत्रमा जांदा अहिले सरसफाई आन्दोलनको उचाई बढेको छ , यसले हाम्रो पहिचान र इज्जत पनि बढाउंदै गएको छ’ ‘यसमा मलाई पनि पहिचान दिएको खानेपानी तथा सरसफाईका पूर्वाञ्चल क्षेत्रीय निर्देशक रामचन्द्र साहले बताउंनुभयो । डिवाससीसी सिरहाको आयोजनामा आज सिरहामा भएको सरोकारवालहरुबीच अन्तरक्रिया कार्यक्रममा निर्देशक साहले सो कुरा बताउंदै मधेशको आठ जिल्ला सरसफाईको सवालमा कालो घेराको रुपमा रहेकोले यसलाई चिर्न अहिले सरसफाईलाई समाजिक जनआन्दोलनको रुपमा अघि बढाउंनुपर्ने जोड दिनुभयो ।कार्यक्रममा राष्ट्रिय सरसफाईका निवर्तमान संयोजक अवधकिशोर मिश्रले ‘तथ्यांक संकलनमा डुप्लीकेशन नहोस्, परफेक्ट डाटा संकलन हुनुपर्छ ।’ जसले समयमै सिरहालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न कठिन नहोस् ।’ बताउंनुभयो ।
डिवाससीसी सिरहाका संयोजक तथा जिल्ला विकास समिति सिरहाका एलडियो गोपाल अधिकारीले ‘अत्ति जरुरी भएमा प्रतिबद्धता गराएर गाविस तथा नगरपालिकाहरुले सिफारिस गर्नुपर्छ ।’ ‘तर, सरसफाई कार्ड नभएका जोसुकैलाई पनि सिफारिस गर्नु हुंदैन् ।’ ‘गाविस तथा नगरपालिकाहरुमा अनुदानमा चर्पी बनाउंन प्रोत्साहन गर्नु हुंदैन् ।’ ‘त्यस्तो अनुदानबाट कहिकतै चर्पी निर्माण भइरहेको छ त्यसलाई रोक्नुपर्छ ।’ ‘गाविस तथा नगरपालिकाहरुले यस्तो अवस्थामा सरसफाईमा बजेट छुटयाउंनु हुंदैन् भने होइन् । सरसफाईको लागि २५ देखि ५० प्रतिशत बजेट छुट्याउंनुपर्छ । यस बजेटलाई अनुदानमा लगाउंन होइन् । यसको लागि छुटट्ै योजना बनाएर सरसफाईमै खर्चिनुपर्ने डिवाससीसीका संयोजक अधिकारीले बताउंनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका प्रमुख दशैं मण्डलले सन् २०१५ सम्म सिरहा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जुन लक्ष्य लिएको हो । त्यसलाई पूरा गर्न दैनिक केही न केही काम सरसफाईवारे गरिरहनुपर्ने हो । र, अभियानकर्ताहरुले खाने बस्ने तथा कहिकतै बाहिर निस्कदा सरसफाईवारे नै सोच्नु भए सो लक्ष्य निर्धारित समयमै पूरा हुने दावी गर्नुभयो ।
कार्यक्रममा रेडक्रस सिरहा तथा एसएनभीका राजदेव यादव, लहान नगरपालिकाका प्रमुख कृष्ण कार्की, मिर्चैया नगरपालिकाका प्रमुख इन्द्रदेव यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि,जेवाससीसी सिरहाका संयोजक दिनेश्वरप्रसाद गुप्तालगायतले यस सरसफाई अभियानलाई मधेश आन्दोलन जस्तै अगाडि बढाउंन जोड दिइएको डिवाससीसी सिरहाका सचिवालय सदस्य रमेश निधीले जानकारी दिनुभयो ।नवसंग्राम दैनिकमा खबर छ

