सार्वजनिक सुनुबाइ कार्यक्रम सम्पन्न ।
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम ,
राम नारायण पंडित,सिरहा,२७ कार्तिक ।

नब घोषित मिर्चैया नगरपालिकाको सार्बजनिक सुनुबाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका सात वटा गाविसका साथै चन्द्रलालपुर र चन्द्रोदयपुर गाविसका नागरिकहरुको
समेत कार्यक्रममा सहभागीता रहेको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिरहाका स्थानीय विकास अधिकारी गणेश कुमार अधिकारीले  सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक रामकृपाल साह, शसस्त्र प्रहरी बल सिरहाका प्रहरी नायब उपरिक्षक झलक बहादुर श्रेष्ठ, मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत इन्द्र देव यादव, ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतीवडा, जिल्ला जनस्वास्थ्य कार्यलय, जिल्ला बन कार्यलय, महिला तथा बालबालीका कार्यालय सिरहाका  प्रमुखहरुको साथै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देव कुमार यादव, विभिन्न पार्टीका प्रतिनीधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनीधी, विभिन्न सरोकारवाला निकायका प्रतिनीधीहरुकोे उपस्थिती रहेको थियो । कार्यक्रम सिरहाको चोहर्वामा रहेको नेपाल रेडक्रस सोसाईटीको कार्यलयमा आयोजना गरिएको थियो । कार्यक्रमा वक्ताहरुले राखेका जिज्ञासाहरुको सिरहाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरिक्षकले उत्तर दिएका थिए । जिल्ला बिकास समिति सिरहाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा संचालित कार्यक्रमहरु पारदर्सी नभएको सहभागीहरुको भनाई रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्