सन्सारकै महंगो धागो नेपाली भूमिमा, तर सुस्ताउँदै रेशमी योजना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक १५/देशको अर्थतन्त्र ओरालो लाग्दै गरेको बेला रेशम खेती विस्तार गर्न सक्ने हो भने बढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्नमा सहयोग गर्ने देखिन्छ । दैनिक झण्डै दुईहजार सख्याको हाराहारीमा नेपाली युवाहरु वैदेशिक रोजगारका लागी विभिन्न अन्य देशहरुमा पलायन भइरहेको अबस्था छ । यस्तो अबस्थामा रेशम खेतीलाई व्यवसायीक खेतीका रुपमा अंगाल्न सके पनि कैयौ व्यक्तिहरुले स्वदेशमै रोजगार पाउने बलियो आधार छ ।परम्परागत खेती र परम्परागत सोचाईका कारण नेपालको कृषि व्यवसाय माथि उठ्न सकेको छैन । परम्परागत खेतीको पद्धतिलाई आमूल परिवर्तन गरी सरकारले व्यवसायीक खेतीतर्फ नेपाली नागरिकलाई उत्प्रेरित गर्न सकेको पाइदैन । यसै कारणले हुनुपर्दछ परम्परागत रुपमा कृषि खेतीगर्नेहरु विस्तारै कृषि पेशाबाट नै पलायन हुन थालेका छन् । परम्परागत खेतिबाट बर्षभरी खान समेत नपुग्ने अबस्था आएपछि कृषकहरु कृषि पेशा नै परिवर्तन गरी गाउँ छाडेर शहर तथा विदेशतिर पलायन हुन थालेका छन् । रेशम एउटा प्राकृतिक पुतली हो , जसले आफैलाई समाप्त गरि मानिसका लागी प्रयोग हुने अत्यन्तै बहुमूल्य कपडा दिन्छ । आज सन्सारमा सबैभन्दा धनी र सम्पन्न परिवारले लगाउने वहुमूल्य कपडा यहि स साना पुतलीहरुबाट उत्पादन हुने रेशम धागोबाट निर्मित हुने गर्दछ । विश्व बजारमै सबैभन्दा महंगो तथा मानविय स्वास्थका लागि सबैभन्दा फाइदाजनक कपडाका रुपमा रेशमलाई लिने गरिन्छ । रेशमबाट तयार गरिएका कपडाले गर्मी मौसममा शितलता तथा जाडो मौसममा न्यानोपन दिने गर्दछ ।
कहाँ कहाँ हुन्छ रेशम खेति
परम्परागत खेतीपद्धतिलाई छोडेर व्यवसायीक कृषितर्फ उन्मुख हुनका लागी रेशम खेती महत्वपुर्ण हुने देखिन्छ । नेपालको हावापानी अनुसार रेशम खेती तराईका केहि जिल्ला र पहाडी भु भागका अधिकासं जिल्लामा सम्भब देखिन्छ । तर पनि हाल यो खेती चितवन धादिङ, नुवाकोट, इलाम, मोरङ, पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङजा, काभ्रे र सिन्धुपाल्चोकमा गरिदै आएको छ ।
राणाकालीन समयमा भारतको विभिन्न ठाउँबाट रेशमलाई नेपालमा ल्याएको इतिहास पाइन्छ । राणकालीन समयबाटै यसको खेती नेपालमा सामान्य रुपमा सुरु भएको मानिन्छ । पूर्वि नेपालको मोरङ र झापाबाट सुरुवात भएको रेशमको खेती २०३२ सालसम्म आइपुग्दा केही जिल्लाका केही ठाउँमा सिमित रहेको पाइन्छ । अन्तराष्ट्रिय बजारमा अत्यन्तै बहुमूल्य मानिने रेशमलाई व्यबसायीक बनाउनकै लागि २०३३ सालतिर व्यवसायीक किट विकास निर्देशनालयको स्थापना गरियो । यसै निर्देशनालयको स्थापनापछि भने रेशम खेतीले व्यवसायीक स्वरुप लिन थाल्यो ।
परम्परागत खेतीपद्धतिलाई छोडेर व्यवसायीक कृषितर्फ उन्मुख हुनका लागी रेशम खेती महत्वपुर्ण हुने देखिन्छ । नेपालको हावापानी अनुसार रेशम खेती तराईका केहि जिल्ला र पहाडी भु भागका अधिकासं जिल्लामा सम्भब देखिन्छ । तर पनि हाल यो खेती चितवन धादिङ, नुवाकोट, इलाम, मोरङ, पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङजा, काभ्रे र सिन्धुपाल्चोकमा गरिदै आएको छ ।राणाकालीन समयमा भारतको विभिन्न ठाउँबाट रेशमलाई नेपालमा ल्याएको इतिहास पाइन्छ । राणकालीन समयबाटै यसको खेती नेपालमा सामान्य रुपमा सुरु भएको मानिन्छ । पूर्वि नेपालको मोरङ र झापाबाट सुरुवात भएको रेशमको खेती २०३२ सालसम्म आइपुग्दा केही जिल्लाका केही ठाउँमा सिमित रहेको पाइन्छ । अन्तराष्ट्रिय बजारमा अत्यन्तै बहुमूल्य मानिने रेशमलाई व्यबसायीक बनाउनकै लागि २०३३ सालतिर व्यवसायीक किट विकास निर्देशनालयको स्थापना गरियो । यसै निर्देशनालयको स्थापनापछि भने रेशम खेतीले व्यवसायीक स्वरुप लिन थाल्यो ।
रेशम किराको मुख्य आहार भएका कारण किम्वुको पातहरु सफा, स्वच्छ र निरोगी हुन आबश्यक छ । त्यसो त किम्वुको बगैचा एकपटक लगाएपछि १५ बर्षसम्म यसबाट लगातार उत्पादन लिन सकिन्छ । किम्वु लगाएकोे १ बर्ष पछि पहिलो पटक रेशम खेती सुरु गर्न सकिन्छ । किम्वु उत्पादनका लागी ७ सयदेखी २ हजार उचाइसममको भुभाग महत्वपुर्ण मानिने गर्दछ । जसलाई धुलो, धुवा र सुर्तिजन्य खेतीबाट भने टाढै राख्नु पर्छ । 
