हामीलाई राजनिती हैन शिक्षा चाहियो माँग सहित शिक्षा कार्यालय घेराउ
Advertise Here Book Now
रंजन भण्डारी
ऑनलाइन सिरहा डटकम/महोत्तरी,कार्तिक २४ गते । प्रधानाध्यापकको नियक्ती गर , विद्यालयमा वस्थापन समिति गठन गर र हाम्रो अध्ययनलाई निरन्तरता दिन विद्यालयमा मा.वि . शिक्षकको नियुक्ती गर भन्ने माँग सहित महोत्तरी जिल्लाको हलखोरी गाविस स्थित श्री राष्ट्रिय जनता माध्यमिक विद्यालयका ७००
विधार्थीहरु माँग गर्दै जिल्ला शिक्षा कार्यालय महोत्तरी घेराउ गरेका छन । शिक्षा अधिकारी फिल्डमा गएका बेला शिक्षा कार्यालयको गेटमा पुगेका विद्यार्थीहरुलाई शिक्षा कार्यालयका कर्मचारीहरुले सात दिन भित्र समस्याको समाधान गरिने आश्वासन दिएर फर्काएका थिए भने विद्यार्थीहरु नमानी १९७ विद्यार्थीको हस्ताक्षर सहितको निवेदन नेपाल पत्रकार महासंघ , बाल विकाश एवं संरक्षण अधिकृत विजय कुमार र प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले समेतलाई एक एक प्रतिलिपी बुझाएका छन । जम्मा पाँच जना शिक्षक विद्यालयमा आउने र आएपनि एक दुई घण्टी मात्र पढाउने गरेको साथै कार्यालय सहयोगीले आफु कुनै काम नगरि विद्यार्थीहरुबाट समपुर्ण काम गराउने गरेका सोहि विद्यालयका विद्यार्थीहरु मकसुद आलम,बजरंगी कुमार साह,मुन्ना कुमार यादब आदीले बताएका छन ।


