सँविधानमा स्वायत मधेस प्रदेश हुनु पर्छ : प्रचण्ड
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम / जनकपुरधाम, २३ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नयाँ संविधानमा स्वायत मधेस प्रदेश हुनु पर्ने बताएका छन् । मधेस आन्दोलन पछि राज्य र मधेसवादी दलहरु संग भएको सहमति अनुसार अन्तरिम संविधानमा स्वायत मधेस एक प्रदेश हुने स्पष्ट रुपमा लेखिएका कारण सँविधानमा स्वायत मधेस प्रदेशलाई टुक्राउन नहुने प्रचण्डले बताए । एकीकृत नेकपा माओवादी धनुषाले आज जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले माओवादी र एमाललेलाई साक्षि राखेर अधिकार सम्पन्न स्वायत मधेस प्रदेश हुनेछ भनेर संविधानमा लेखिएको छ । अहिले आएर काँग्रेस र एमाले यो सहमतिलाई उल्ट्याउन खोजेको प्रचण्डको दावी छ । त्यसैले हामीहरु एक भएर खवरदारी गर्नु पर्ने आवश्यक्ता रहेको छ । हामीले जवाफ दिएनौं, आन्दोलन गरेनौ भने यो सड्यन्त्र अगाडि बढ्न सक्ने बताउंदै प्रचण्डले भने — मुलुकमा परिवर्तनको लागि एमाओवादी जस्तो सुकै कार्य गर्न पछि हट्दैन् । एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले जनकपुर बमबाण्डाका मुख्यो योजनाकारको रुपमा आरोपित धनुषा क्षेत्र नं.४ बाट निर्वाचित सभासद संजय साहको सम्बन्धमा अदालतमा मुद्दा चलिरहेकाले आफु बोल्न उपयुक्त नहुने बताए । तर सम्बन्धित निकायले साहको समर्थकहरुको सम्पित रोक्का गर्नु कानून सम्वत्त नभएको टिप्पणी गरे । कार्यक्रममा साह समर्थकहरुले सद्भावना पार्टी छोडेर एमाओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्ड, एनेकपा माओवादीका नेता रामचन्द्र झा, विश्वनाथ साहले अविर र माला लगाई स्वागत गरेका छन् । 
