मातृ मृत्युदर कम गर्न अभिमुखिकरण कार्यक्रम
Advertise Here Book Now



रंजन भण्डारी


ऑनलाइन सिरहा डटकम /महोत्तरी, कात्र्तिक २६ गते ।गर्भवती महिलाहरु रक्तश्राव भई मर्ने संख्यामा कमि ल्याउन मातृ सुरक्षा चक्की वितरण गरि मातृ  मृत्यु दर कम गरिने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख इन्द्र प्रसाद यादवकोे प्रतिबद्घता ।महोत्तरी जिल्लाको जलेश्वर स्थित उद्योग वाणिज्य संघको सभाकक्षमा बुधवार आयोजित मातृ मृत्यु तथा मातृ सुरक्षा चक्की सम्बन्धी सरोकारबालाहरुको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए.)को सहयोग र जिल्ला
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा संचालित सो कार्यक्रममा गाइनोकोलोजिस्ट डा. शिलु अधिकारीले नेपालमा  मातृ तथा नवशिशुको वर्तमान स्थिति बारे जानकारी गराउनुका साथै युटेरोटोनिक्स को तुलनात्मक विश्लेषण समेत गरेकी थिइन ।सोहि कार्यक्रममा बोल्दै परिवार स्वास्थ्य महाशाखाका ओम खनालले मातृ सुरक्षा चक्की पाइलटिङ्गको उपलब्धिहरु तथा कार्यक्रम विस्तारको अवस्था बारे जानकारी दिदै हाल यो कार्यक्रम नेपालको ३५ जिल्लामा लागु रहेको र यस वर्ष अन्य ६ जिल्ला मा समेत यसको शुरुवात भैसक्ने बताउनुभएको छ । स्वास्थ्यकर्मीको अनुपस्थितिमा घरैमा बच्चा जन्मिएमा मातृ सुरक्षा चक्कीको प्रयोग विधिबारे समेत जानकारी दिनु हुदै ओम खनालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले घर घरमा पुगी यसबारे जानकारी गराईने बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्