अन्तरक्रिया कार्यक्रम समपन्न
Advertise Here Book Now
रंजन भण्डारी
ऑनलाइन सिरहा डटकम /महोत्तरी, कात्र्तिक २६ गते । जिल्लालाई खुल्ला दिशा मुक्त बनाउन द्वेश्यले राजनीतिक दलहरु संग जलेश्वरमा एक दीवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । स्थानीय विकाश अधिकारी राज कडरीयाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दीपक काफलेको प्रमुख तिथ्यमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा महोत्तरी जिल्लालाई कसरी खुल्ला दिशा मुक्त बनाउने सम्बन्धि सहभागी राजनिितक दलहरका अध्यक्ष र प्रतिनिधिहरुबीच छलफल भयो । मन्तवयको क्रममा खाने पानी तथा सरसफाई डिविजन महोत्तरीका का. मु. डीई रामबाबु यादव, जलेश्वर नगर पालिका कार्यालयका कार्यकारी अधिकृत सुजित कुमार कर्ण, नेकपा एमालेका कालीचरण साह, लगायतका वक्ताहरुले जिल्लालाई खुल्ला दिशा मुक्त बनाउन उपायबारेमा
्रप्काश पार्नु भयो । नौलो घुम्ती नेपाल काश्की र सूर्यदीप ग्रामिण विकास समाजको आयोजना एवं युएन हयाविट्याट को सहयोगमा सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक चनदन मिश्रले बताउनु भयो ।



