बुद्घि र विवेक संस्कारबाट आउने हो न कि संविधानबाट ः काशिराज दाहाल
Advertise Here Book Now



रंजन भण्डारी

ऑनलाइन सिरहा डटकम /महोत्तरी,कार्तिक २६ गते ।

बुद्घि र विवेक संविधानबाट आउने नभई संस्कारबाट आउने बताउदै संविधान बिद काशिराज दाहालले हामिले अधिकार मात्र खोज्ने तर कर्तव्य नगर्ने हुनाले संविधान समयमा आउन नसकेको बताउनु भएको छ ।नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा बुधबार आयोजित आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भुमिका नामक दुई दिने विचार गोष्ठिमा बोल्दै सो गोष्ठिका प्रमुख अतिथि संविधान विद काशिराज दाहालले राजनितिक विभेदको अन्त्य भए मात्र स्वच्छ र निश्पक्ष संविधान आउन सक्ने बताउनु भएको छ । फेट्रिक इबर्ट स्टिफ्टङ्ग(एफ.इ.एस.)द्वारा आयोजित सो कार्यक्रममा एफ.इ.एस.नेपालका प्रमुख देवराज दाहालले नेपाल ,
नेपालको संविधान र नेपालीको अबस्थाको विभिन्न पक्षबारे प्रकाश पार्नु हुदै अधिकार र कर्तव्य एक अर्काको पुरक भएको बताउनु भएको छ । लेखिएको संबिधान कार्यान्वयन नहुदा देश द्वन्दतिर धकेलिदै गएको बताउदै देवराज दाहालले नेपाल र विकशित मुलुकहरुको बिचमा देखिएको फरकबारे समेत प्रकाश पानु भएको छ ।
सो कार्यक्रमको विशेष अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले,पुर्व मन्त्रि गणेश नेपाली लगायतका विशिष्ट व्यक्तीहरुले आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भुमिकाबारे अहम बिचारहरु राख्नु भएका छन । विभिन्न राजनितिक दल,बुद्घिजिवि , नागरिक समाज र पत्रकारको सहभागिता रहेको सो कार्यक्रमको
उदघोषण पत्रकार गोपाल बरालले गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्