यि मान्छे हुन् कि मेसीन ?
Advertise Here Book Now
-फुर्बान रायमाझी
दुइवटै हात काममा सक्रिय छन,तर मुखमा चुरोटको ठुटो छ । चुरोट सल्काएर मुखमा च्यापेपछी एकपटक पनि मुखबाट ननिकाल्दै चुरोट सिध्याउने कस्तो आदत ? म शुरुशुरुमा यो आदत देख्दा छक्क पर्दथे,अचेल यो दृश्यसङ्ग अचम्म लाग्न छाड्यो । दिनहु थुप्रै पटक यस्तो देखेपछी नेपालका चिया पसलमा गफ चुटेर राजनैतिक गफ हाँक्नेहरुसँग उसको तुलना गर्न मन लाग्छ । अनि लाग्छ,उ हाम्रो नेपालका सडकमा गुड्ने थोत्रा माईक्रो बसजस्तै कुनै साधन हो । ती माईक्रोबस र गाउँका हिर्काउने गोरु पनि उस्ताउस्तै हुन । कुनैपनि बेला आफ्नो मेलो र बाटो छाडेर हिर्काउन सक्छन । उ त्यही माईक्रो जस्तै बारम्बार धुवा फाल्दै काममा कुदिरहेछ,यो मान्छेले ती माईक्रोले झै हिर्काउन पनि सक्छ । उस्तै थोत्रा गाला,नमिलेको अनुहार ,छिप्पिएको आकृतीको त्यो मान्छे र ती थोत्रा माईक्रोमा के फरक छ ? अनि बेलाबेलामा कपाल कन्याउछ,नाक कोट्याउछ तर चुरोट निकाल्दैन,केबल मुखबाट तान्छ,नाकबाट धुवा उडाउछ र धुवामै सिध्याउछ ।
त्यसबेला म फेरि सोचिहाल्छु,यो मान्छे थोत्रो माईक्रोबस नै हो,आखिर माईक्रोबस पनि बेलाबेलामा यात्रु झार्न र चढाउन रोक्छ तर धुवा फाल्न छाड्दैन । बरु ती माईक्रोहरु बेला बखतमा बिग्रीएर ग्यारेजमा थन्किन्छ्न तर उ त्यस्तो भएर थन्किएको भने छैन । तसर्थ मलाई उ थुप्रै बर्ष ग्यारेन्टी भएको मेसिनजस्तै लाग्छ ।
उसको खाने,पिउने,हिड्ने सबै मेसिनजस्तै । निरन्तर बियर पिउछ,तर मातिएको थाहा पाइन।केही गाँस सुख्खा भात निलेपछी एक पिस मासु चपाउछ तर मीठो मानेरै खान्छ । थोरै खान्छ, कतिबेला त लाग्छ उ मेरो यौबन धरौटीमा राखेर जीबनका उमङ्गहरुको सुकुटी चपाउदै छ,आखिर हामी समयसङ्ग,दुखसङ्ग साटेपनि केही सयहरु कुरेर महिनाहरु बितेको पत्तै पाउदैनौ ।
उ आफू पनि पेलिन्छ,र अरुलाई पनि त्यस्तै होस भन्ने चाहन्छ।सायद उसङ्ग प्रतिस्पर्धा गर्न नपाउने भए म कम्ता रिसाउने थिइन । उ कहिल्यै साहु भएन,साहु भनेको त मोटे,भलादमी र अरुलाई काम गराईरहने मान्छे भन्ने बुझिन्छ हाम्रो अर्थमा । साहुले काम गर्नु हुदैन,तर उ काउन्टरमा बसेर आजसम्म पैसा गनेको देखेको छैन मैले । कामको वर्गीकरण गरेर आफ्नो भाग सिध्याएर हिडेको पनि छैन,तसर्थ लाग्छ कस्तो मेसिनजस्तै काम मोह मान्छे उ।
यहाँ आएपछी उसका अघिपछि बित्ने मेरा दैनिकी ,मतलब ड्युटी अनि उसको चुरोटको धुवा निरन्तर म पनि निल्दै छु,ओकल्दैछु र बेलाबखत खोक्ने गर्छु।खोकीलाई नियन्त्रण गर्न थुप्रै प्रयास गर्दा पनि नसकेपछि म खोक्दै सोच्ने गर्छु, म उसको चुरोट हु,उसले तान्दै छ म जल्दै सकिदैछु । त्यो मुखबाट तानिएको धुवा, सिधै नाकबाट उडिरहेको देख्दा कहिलेकाहि लाग्छ,म त्यही धुवा हु,तानेर उ संतुष्ट हुन्छ अनि अटेसमटेस नाकबाट फालिरहेछ । कतिबेला लाग्छ मेरो बर्तमान,समय,र परिस्थिति उसका काला दातहरु जस्तै डरलाग्दा छन किनकि म त्यही चुरोटजस्तै च्यापिएको छु,अडकिएको छु,टोकिन सक्छु र मिल्किन पनि।बरु कहिल्यै यो महशुस हुने मोड र रहरको अनुभूति आएन कि म उसको आनन्द हो,सहयोगी हो,मेरा कारण उ खुशी छ,मलाई पिएर उ आनन्दित छ,मेरो साथले उ सहजता महशुस गर्दैछ ।
प्रश्नहरुले घोचिरहदा म बारम्बार उत्तरको खोजीमा मेरा सङ्गतका चाईनिजहरुको बानिभित्र डुबुल्किदा चुरोटको यो बिषयले मीठो छाप छाड्यो । मलाई काममा प्रतिस्पर्धा गर्नु खुब मन पर्छ र मज्जा आउँछ,उनिहरु के मेसिन हुन र ?भन्दै थुप्रै पटक मैले प्रतिस्पर्धा गरेको छु तर कहिल्यै जितेको छैन ।
म बारम्बार हारेपनी,अथवा उसले सधै जितेपनी वा जित्ने निश्चित भएपनी उ मसङ्ग निरन्तर,लगनशील ,मेहेनेत र आत्मबिश्वासका साथ यान्त्रिक मनले प्रतिस्पर्धा गरेको देख्दा लाग्छ,हैन यिनीहरु मेसिन हुन र ? अचेल मलाई चीनको बिकास सम्बन्धी लेखिएका लेखहरु पढ्न मन लागेको छ ।
आजसम्म त्यस्तो आत्मीय परिवेशको सृजना गराउन सकेको छैन पनि उ।मेरा हरेक कोशिसहरु बेकार हुदैछ्न,तसर्थ पनि सोच्दैछु के यिनिहरु मेसिन हुन र ? बास्तबमा यता आएपछी काम पाउन गार्हो भएन ।तर चाईनिजको मा काम गर्छु भनेपछि सबै जिब्रो टोक्दै तर्सिन्छ्न र सोधिहाल्छ्न “गार्हो छ ?, खुब पेल्छ काममा है ?”आदि इत्यादि ।
कस्तो पहिचान गराएका यी चाईनिजहरुले ? मलाई शुरूवातबाटै यी र यस्तै प्रश्नहरुले घोचिरहदा म बारम्बार उत्तरको खोजीमा मेरा सङ्गतका चाईनिजहरुको बानिभित्र डुबुल्किदा चुरोटको यो बिषयले मीठो छाप छाड्यो । मलाई काममा प्रतिस्पर्धा गर्नु खुब मन पर्छ र मज्जा आउँछ,उनिहरु के मेसिन हुन र ?भन्दै थुप्रै पटक मैले प्रतिस्पर्धा गरेको छु तर कहिल्यै जितेको छैन । म बारम्बार हारेपनी,अथवा उसले सधै जितेपनी वा जित्ने निश्चित भएपनी उ मसङ्ग निरन्तर,लगनशील ,मेहेनेत र आत्मबिश्वासका साथ यान्त्रिक मनले प्रतिस्पर्धा गरेको देख्दा लाग्छ,हैन यिनीहरु मेसिन हुन र ? अचेल मलाई चीनको बिकास सम्बन्धी लेखिएका लेखहरु पढ्न मन लागेको छ ।
कस्तो पहिचान गराएका यी चाईनिजहरुले ? मलाई शुरूवातबाटै यी र यस्तै प्रश्नहरुले घोचिरहदा म बारम्बार उत्तरको खोजीमा मेरा सङ्गतका चाईनिजहरुको बानिभित्र डुबुल्किदा चुरोटको यो बिषयले मीठो छाप छाड्यो । मलाई काममा प्रतिस्पर्धा गर्नु खुब मन पर्छ र मज्जा आउँछ,उनिहरु के मेसिन हुन र ?भन्दै थुप्रै पटक मैले प्रतिस्पर्धा गरेको छु तर कहिल्यै जितेको छैन । म बारम्बार हारेपनी,अथवा उसले सधै जितेपनी वा जित्ने निश्चित भएपनी उ मसङ्ग निरन्तर,लगनशील ,मेहेनेत र आत्मबिश्वासका साथ यान्त्रिक मनले प्रतिस्पर्धा गरेको देख्दा लाग्छ,हैन यिनीहरु मेसिन हुन र ? अचेल मलाई चीनको बिकास सम्बन्धी लेखिएका लेखहरु पढ्न मन लागेको छ ।
चिनको बिकास र आर्थिक उन्नतीले बिश्वको ध्यान खिचिरहेको बर्तमान,अनि मेसिनजस्तै चाईनिजहरुको काम देख्दा अचम्म मान्नुसिबाय केही छैन । चीनको द्रुत गतिमा भएको बिकास हेर्न म उसलाई हेरेर तुलना गर्छु,साच्चै यस्ता मेसिन हरु छन र त देशको बिकास सम्भब छ। मलाई उसङ्गका थुप्रै बिषयले उ मेसिन जस्तै लाग्छ । उसको खाने,पिउने,हिड्ने सबै मेसिनजस्तै । निरन्तर बियर पिउछ,तर मातिएको थाहा पाइन।केही गाँस सुख्खा भात निलेपछी एक पिस मासु चपाउछ तर मीठो मानेरै खान्छ । थोरै खान्छ, कतिबेला त लाग्छ उ मेरो यौबन धरौटीमा राखेर जीबनका उमङ्गहरुको सुकुटी चपाउदै छ,आखिर हामी समयसङ्ग,दुखसङ्ग साटेपनि केही सयहरु कुरेर महिनाहरु बितेको पत्तै पाउदैनौ । उ आफू पनि पेलिन्छ,र अरुलाई पनि त्यस्तै होस भन्ने चाहन्छ।सायद उसङ्ग प्रतिस्पर्धा गर्न नपाउने भए म कम्ता रिसाउने थिइन । उ कहिल्यै साहु भएन,साहु भनेको त मोटे,भलादमी र अरुलाई काम गराईरहने मान्छे भन्ने बुझिन्छ हाम्रो अर्थमा । साहुले काम गर्नु हुदैन,तर उ काउन्टरमा बसेर आजसम्म पैसा गनेको देखेको छैन मैले । कामको वर्गीकरण गरेर आफ्नो भाग सिध्याएर हिडेको पनि छैन,तसर्थ लाग्छ कस्तो मेसिनजस्तै काम मोह मान्छे उ।
तर उ आफ्ना हरेक कुरा मभित्र होस भन्ने चाहन्छ।कति राम्रा र कति नराम्रा पनि । चुरोट खा भन्दै बेलाबखत बट्टा तेर्साउछ,बियर खा भन्दै ल्याईदिएर पनि आउँछ,अनि काम यसरी गर भन्दै मेसो सिकाउछ।उसले जस्तै चाडो,तर राम्रो होइन।म राम्रोको पछि दौडिन्छु र हार्छु,उ सक्नुको पछि।म काम गरिसक्दा आत्मसन्तुष्टिको पछि दौडिन्छु उ समयको पछि।तसर्थ उ समयलाई कुदाउदै मलाई जित्छ,म समयले कुदाउदा हार्ने गर्छु।त्यतिबेला पनि मनमनै लामो सुस्केरा हाल्दै फेरि सोच्ने गर्छु,साला मेसिनजस्तै।कि यिनिहरु साच्चै मेसिन हुन र?
-लेखक रोजगारीका क्रममा पोर्चुगलमा छन् ।

