मोदीको जनकपुर भ्रमण निश्चित भएपनि तयारी भने कछुवा गतिमा
Advertise Here Book Now

Janki_Mandir
ऑनलाइन सिरहा डटकम जनकपुरधाम, २० कार्तिक ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण निश्चित भईसकेपनि तयारी भने कछुवा गतिमा भईरहेको छ । मोदीको भ्रमणलाई लिएर काठमाण्डौंमा तयारी युद्ध स्तरमा भईरहेपनि जनकपुरमा भने न्यून गतिमा भईरहेको छ । जनकपुरका सडक,मठमन्दिर तथा धार्मिक स्थलहरु जिर्ण रहेको छ ।
अर्थ मन्त्रालयले पर्यटन मन्त्रालय मार्फत मोदीको स्वागतका लागि वृहत जनकपुर क्षेत्र विकास परिषदलाई १ करोड रकम पठाएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले धार्मिक तथा ऐतिहांसिक नगरी जनकपुरधामलाई सौन्र्दयकरण गर्नका लागि अर्थ मन्त्रालय संग ७ करोड रकम मांग गरेको थियो । तर मन्त्रालयले ज्यादै नै न्यून रकम पठाएकाले स्वागत तयारीको लागि रकम अपुग हुनेभएकाले पनि तयारीमा तिव्रता नआएको वृहत जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा बताउंछन् ।
मोदीको जनकपुर भ्रमणलाई सदुपयोग गर्ने सट्टा वर्तमान सरकारले उपेक्षा गरेको उनको टिप्पणी छ । नगर क्षेत्रका सडकहरुमा धूलो,ढुंगा र पुराना ईटा मात्र देखिन्छ । जानकी मन्दिर जोड्ने सडकहरु पनि झन जिर्ण रहेको छ । सम्बिन्धित निकाय मोदीको जनकपुर भ्रमण प्रति जिम्मेवार नहुंदा तयारीले तिव्रता लिन नसकेको उनको कथन रहेको छ । जनकपुरको सौन्र्दकरणको लागि कम्तिमा ७ करोड बजेट आवश्यक रहेको छ, अध्यक्ष शर्माले भने— तर थोरै रकम पठाएकाले बजेट अभाव हुने पक्का रहेको छ । धनुषाका सभासद तथा मन्त्रिहरु गम्भिर नरहेकाले पनि यस्तो अवस्था आएको हो, उनले भने ।
सरकारले मोदी भ्रमणलाई लिएर १ करोड रकमबाट जानकी मन्दिरको जिर्नोद्वार तथा सौन्दर्यकरणको लागि ५० लाख छुट्याएको छ । यसैगरी जनक मन्दिरको लागि २० लाख, राम मन्दिरको लागि १५ लाख र भैरव मन्दिरको लागि १० लाख र विवाह मण्डपको सौन्दर्यकरणको लागि ५ लाख छुट्टयाईएको छ । तर प्राप्त रकम पनि सदुपयोग हुन नसकेको वृहत जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश यादवले बताए । परिषदले जसरी भएपनि काम गर्नु पर्ने अवस्था आएको छ । कार्तिक भित्र तयारी पुरा गर्ने लक्ष्य रहेको छ, यादवले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनमा सहभागी हुने क्रममा उनको भ्रमण जनकपुर पक्का भईसकेकाले उक्त रकम खर्च गर्न निर्देशन आएको छ, यादवले भने मोदीको जनकपुर भ्रमणलाई लिएर तयारीमा लागिएको बताए । तर मन्दिर जिर्णोदार तथा सौन्दर्यकरणका लागि प्राप्त रकमबाट कुनै पनि काम सुरु हुन नसकेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउंछन् । सम्बिन्धित निकायले रकम पठाएपनि उक्त रकम कहाँ र कसले खर्च गरिरहेको छ, त्यस सम्बन्धमा कुनै जानकारी नआएको बताउंछन् । यद्दपी जानकी मन्दिरले आप्mनो तर्फ बाट तयारीमा जुटेको वैष्णव बतांछन् ।
मंसिर १० र ११ गते काठमाण्डौंमा हुने १८ औं सार्क शिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री मोदी सडक मार्गंबाट मंसिर ९ गते जनकपुर आउने र हेलिकप्टरबाट काठमाण्डौ जाने कार्यक्रम रहेको छ । मोदी हवाई मार्गबाट भारतको पटना आउने र त्यहाँबाट जिपमा जनकपुर आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताईसकेको छ । तर यसको लागि जनकपुुरमा तयारी भने कछुवा गतिमा भईरहेको छ । मोदीको भ्रमणलाई अवसरको रुपमा लिनु पर्छ । र यसको लागि आवश्यक तयारी छिट्टै सुरु गर्ने जनकपुरबासीहरु बताउंछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्