सोनल बुझाए महन्थ ठाकुर समक्ष १३ बुँदे मागपत्र (मागपत्रसहित)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कात्तिक २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले पार्टीको विवाद समाधान गर्नका लागि विभिन्न १३ बुँदे माग आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर समक्ष राखेका छन् । आज पार्टी कार्यालयमा बुझाएको तीन पृष्ठको लामो ध्यानाकर्षण पत्रमार्फत केन्द्रिय कार्यसम्पादन समितिलाई पूर्णता दिन समेत माग गरेको छ ।महाधिवेशनको मिति घोषणा, क्षमताको अधारमा कार्यविभाजन एवं जिम्मेवारी बाँडफाँड, पार्टी विधानलाई लोकतान्त्रिक गरी सबै पदमा निर्वाचन गर्ने प्रावधानको ग्यारेन्टी, आर्थिक अवस्थाको पारदर्शीता तथा सुदृढीकरण लगायतका माग उनले गरेका छन् । भित्र चुलिएको आन्तरिक विवाद समाधान नभएपछि सो पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले बाध्य भएर १३ बुँदे माग तेर्साएको छ ।
मागपत्रमा भनिएको छ, प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग १५ महिनादेखि बस्न सकेको छैन । कम्तिमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्यसम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । पार्टीका अध्यक्ष ठाकुरले आफैले गरेका निर्णयलाई आफै उल्टाउन लागेकोमा उनको तिब्र विरोध हुन थालेको छ ।
सहमहामन्त्री सोनलले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, सविधानसभाको प्रथम निर्वाचनबाट मधेशको दोस्रो ठुलो दलको रुपमा स्थापित हुन सफल भएपनि वृहत राजनीतिक शक्ति निर्माण गर्ने मुख्य अभिभारा बोकी गठन भएको तमलोपा दुई वर्षमै विभाजन हुन पुग्यो । विभाजन अत्यन्त दर्दनाक र पीडादायी रह्यो । विभाजनको कारणहरु के के हुन ? किन यो दुर्भाग्यपूर्ण घटना हुन गयो ? यसको आंशिक समिक्षा त भयो तर स्थायी समाधान, क्षतिपूर्तिको व्यस्थापन, कार्यकर्तामा पुनर्ताजगीका लागि उचित पहल हुन सकेन ।’
पार्टी विभाजन भएपनि त्यसप्रति पार्टी कहिले गम्भीर नभएको आरोप लगाउँदै सोनलले सविधानसभाको दोस्रो निर्वाचन आउँदासम्म पार्टीको अवस्था यति खस्कियो कि न हामी पूर्ववत सँख्या बचाउन सकियौ, न त मत बचाउन सकियौ भनि पत्रमा उल्लेख गरेका छन् । समानुपातिकमा पार्टीले पाएको सात सिटमा संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने नेता, स्थापनाकालदेखि पार्टीमा काम गर्दै आएका नेता तथा कार्यकर्ता, पार्टीमा लगानी गर्ने कार्यकर्ता लगायतका जनशक्ति पार्टीसँग हुँदाहुँदै जसरी अपारदर्शी किसिमले सभासद चयन गर्नाले पार्टीको साख नै गिराएको उल्लेख गरेका छन् ।
संचारमा जसरी पार्टीको टिक्का टिप्पणी भएको छ त्यसले पुरै पार्टी निराशामा डुबेको छ । कार्यकर्तामा जोश छैन पार्टीमा विवाद बढ्दो छ । आकर्षणमा गिरावट आएको छ । जिल्ला कार्यकर्तामा पलायनताको अवस्था छ । नेतृत्वतहमा व्यापक असन्तुष्टी छ । कुनै जिल्लापार्टी कार्यालयमा तालाबन्दी छ भने कुनै जिल्लामा अध्यक्षको विवाद कायम छ । पार्टीका लागि यी विषयहरु गम्भीर छन् । यसमा सम्पूर्ण पार्टीको ध्यान केन्द्रित हुन जरुरी रहेको पत्रमा उल्लेख छ ।
आज पार्टी कार्यालयमा सहमहामन्त्री सोनलले बुझाएको ध्यानकर्षण पत्रमा सांगठनिक दृष्टिकोणले अत्यन्त महत्व राख्ने पार्टीका विभिन्न विभागहरुको अवस्था नाजुक रहेको उल्लेख गदैै दोस्रो संविधानसभाको निर्वाचन पछाडी केन्द्रीय स्तरमा पार्टी कार्यकर्ता, उम्मेदवार, केन्द्रीय समिति कसैसँग पार्टीको औपचारिक संवाद छैन । चुनावी समिक्षाको नाममा सरकारले गरेको धाँधलीबाहेक अरु केही गर्न, बोल्न, छलफल गर्न नसकेको दावी गरिएको छ ।
निर्वाचन अगाडी तमलोपाकै प्रयासमा मधेशी पार्टीहरुको एकीकरण वा मोर्चाबन्दीको कुरा उठेपनि हालसम्म त्यसले कुनै निष्कर्ष ननिकालेको पनि दुख व्यक्त गरिएको छ । एमाओवादीसँग संघीय गणतान्त्रिक मोर्चा बन्यो त्यसले मधेशी दललाई नकमजोर बनाएको बताइएको छ । अध्यक्ष ठाकुरलाई सम्बोधन गर्दै भनेका छन, यथास्थितिबाट पार्टीलाई निकाल्न जरुरी छ र यथास्थितिमा पार्टी आगाडी बढ्न सक्दैन ।
कार्यपद्धतीको सिङहावलोकन गरौ ! पार्टीलाई जीवन्त र बलियो बनाऔ !
श्रीमान् अध्यक्ष जी,
तराई मधेश लोकतान्त्रिक पार्टी
केन्द्रीय समिति ।
तराई मधेश लोकतान्त्रिक पार्टी
केन्द्रीय समिति ।
विषयः ध्यानाकर्षण
२०६३ माघमा भएको प्रथम ऐतिहासिक मधेश बिद्रोहका उपलब्धिहरु अलपत्र रहेको, मुद्दाहरु सडकमा नै रहेको तथा मधेशी जनता निराश रहेको अवस्थामा अलपत्र रहेको मुद्दालाई निष्कर्षमा पुर्याई, प्राप्त उपलब्धिको रक्षा, मधेशी सहीदहरुको सम्मान गर्दै हरेक चुनौतीहरुको सामना गर्न तथा मधेश मुक्तिको महान उद्देश्य प्राप्तिका निम्ति एक मजवुत मधेशी पार्टीको आवश्यक्तालाई महसुस गरि नेपाली काँग्रेस र नेकपा एमालेमा नेतृत्वमा रहेका मधेशी नेताहरु, नेपाल सद्भावना पार्टीका नेतृत्वपंक्तिका व्यक्तित्वहरु, भर्खरै मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका फोरमका व्यक्तित्वहरु, राप्रपा र राजपाका मधेशी नेताहरु समिलित महन्थ ठाकुरजीको अध्यक्षतामा तराई मधेश लोकतान्त्रिक पार्टीको स्थापना २०६४ पुस १३ मा भयो । पार्टी स्थापनाको लगभग दुई महिनामै मधेशका सम्पूर्ण जिल्लामा संगठन विस्तार भयो । कार्यकर्तामा व्यापक जोश र हौसला देखियो । उर्जावान राजनीतिक व्यक्तित्व, युवा, विद्यार्थी, वुद्धिजिवी, मजदूर, महिला, किसान लगायत आम मधेशी जनताको तमलोपामा प्रवेशको लहर नै चल्यो । दुई महिना न बित्दै पार्टी दोस्रो मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरि सविधानसभाको प्रथम निर्वाचनबाट मधेशको दोस्रो ठुलो दलको रुपमा स्थापित हुन सफल भयो । तर वृहत राजनीतिक शक्ति निर्माण गर्ने मुख्य अभिभारा बोकी गठन भएको तमलोपा दुई वर्षमै विभाजन हुन पुग्यो । विभाजन अत्यन्त दर्दनाक र पीडादायी रह्यो । विभाजनको कारणहरु के के हुन ? किन यो दुर्भाग्यपूर्ण घटना हुन गयो ? यसको आंशिक समिक्षा त भयो तर स्थायी समाधान, क्षतिपूर्तिको व्यस्थापन, कार्यकर्तामा पुनर्ताजगीका लागि उचित पहल हुन सकेन । यो विभाजनले हाम्रो साख, नेतृत्व क्षमता, पार्टीको विधान, कार्यनीति, निर्णय प्रकृया आदि विषयमा ठुलो प्रश्नचिन्ह खडा गर्यो । तर यसलाई हामी अत्यन्त हलुका तरिकाले ग्रहण गर्यौ । कहिले गम्भीर भएनौ । समय परिवर्तन हुदै गयो । सविधानसभाको दोस्रो निर्वाचन आउँदासम्म पार्टीको अवस्था यति खस्कियो कि न हामी पूर्ववत सँख्या बचाउन सकियौ, न त मत बचाउन सकियौ । समानुपातिकमा पार्टीले पाएको सात सिटमा संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने नेता, स्थापनाकालदेखि पार्टीमा काम गर्दै आएका नेता तथा कार्यकर्ता, पार्टीमा लगानी गर्ने कार्यकर्ता लगायतका जनशक्ति हामीसँग हुँदाहुँदै जसरी अपारदर्शी किसिमले सभासद चयन गरियौ । त्यसले पार्टीको साखमा झन बट्टा लगाउने काम गर्यो । संचार जगतमा पार्टी र नेताको बारेमा जसरी चर्चा भयो, त्यसबाट भएको पार्टीको क्षति अपुरनिय छ । आज पुरै पार्टी निराशामा डुबेको छ । कार्यकर्तामा जोश छैन । उत्साह छैन । पार्टीमा विवाद बढ्दो छ । आकर्षणमा गिरावट आएको छ । जिल्ला कार्यकर्तामा पलायनताको अवस्था छ । नेतृत्वतहमा व्यापक असन्तुस्टी छ । कुनै जिल्लापार्टी कार्यालयमा तालाबन्दी छ भने कुनै जिल्लामा अध्यक्षको विवाद कायम छ । पार्टीका लागि यी विषयहरु गम्भीर छन् । यसमा सम्पूर्ण पार्टीको ध्यान केन्द्रित हुन जरुरी छ ।
पार्टी संचालनका निम्ति केन्द्रीय स्तरमा दुईवटा समितिहरु छन् । केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यसम्पादन समिति । प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग पन्द्र महिनादेखि बस्न सकेको छैन । कम्तिमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्यसम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । सांगठनिक दृष्टिकोणले अत्यन्त महत्व राख्ने पार्टीका विभिन्न विभागहरुको अवस्था बहुत नाजुक छ । वर्गीय संगठनहरुको स्थितिमा पनि धेरै फरक छैन । दुई–तीनवटा बाहेकको बैठक, कार्यक्रम के कहाँ कहिले हुन्छ वा हुँदैन ? यसको लेखा–जोखा छैन । पार्टी जीवनमा बैठक, अधिवेशन , महाधिवेशन, संघर्ष, निर्वाचन, संसद र सरकार यी महत्वपुर्ण विषयहरु हुन् । दोस्रो संविधानसभाको निर्वाचन पछाडी केन्द्रीय स्तरमा पार्टी कार्यकर्ता, उम्मेदवार, केन्द्रीय समिति कसैसँग पार्टीको औपचारिक संवाद छैन । चुनावी समिक्षाको नाममा सरकारले गरेको धाँधली बाहेक अरु केही गर्न, बोल्न, छलफल गर्न हामी उचित सम्झेनौ । यस्तो विसम परिस्थिति र अवस्थामा एउटा जीवन्त पार्टीको कल्पना कसरी गर्न सकिन्छ ?
निर्वाचन अगाडी तमलोपाकै प्रयासमा मधेशी पार्टीहरुको एकीकरण वा मोर्चाबन्दीको कुरा उठ्यो तर त्यो कहाँ र कसरी हरायो हामी जनता समक्ष ल्याउन सकेनौ । फेरी निर्वाचन पछाडी तीन मधेशी पार्टीबीच एकताको कुरा उठ्यो, सफल हुन सकेन । पछि तमलोपा र सद्भावना पार्टीबीच एकीकरणको कुरा पनि आयो र अन्त्यमा एमाओवादीसँग संघीय गणतान्त्रिक मोर्चा बन्यो । सवाल मधेशी पार्टीहरुको हो, मधेश मुद्दाको हो, मधेशी अस्तित्वको हो । त्यसैले हाम्रो एकता वा मोर्चा बढी महत्व राख्दछ । यस बिषयमा हामी चुकेकै छौ । मधेशी पार्टी बीचको एकता वा मोर्चा भएपछि एमाओवादीसँगको मोर्चाले हाम्रो अस्तित्व र मुद्दालाई बढी बल दिन्छ । यस सवालमा अहिले पनि सघन र व्यापक छलफलको आवश्यक्ता छ ।
अध्यक्ष जी, एकांकी किसिमले चलेको पार्टीहरु, संगठनहरु विलय बिघटन र समाप्त भएको प्रशस्त उदाहरणहरु छन । तसर्थ अब हामी गम्भीर हुन जरुरी छ । यथास्थितिबाट पार्टीलाई निकाल्न जरुरी छ । यथास्थितिमा पार्टी आगाडी बढ्न सक्दैन । तमलोपामा अहिले पनि क्षमतावान नेता कार्यकर्ताहरुको ठुलो जमात छ । वर्गीय संगठनमा सम्भावनायुक्त कार्यकर्ताहरुको लामो पंक्ति छ । खाली चुनौती ती शक्तिलाई कसरी व्यवथापन गर्ने हो ? कार्यको जिम्मेवारी कसरी बाडफाड गर्ने हो ? कसरी राजनीतिक संस्कार दिने हो ? लोकतान्त्रिक विधि प्रक्रियाको स्थापना कसरी गर्ने ? कार्यको सम्पादनलाई पारदर्शी कसरी बनाउने ? सामुहिक नेतृत्वको विकास, टिम वर्क र टिम स्पिरीट कसरी स्थापना गर्ने ? लगायतका चुनौतिहरु र यससँगै प्रशस्त सम्भावनाहरु पनि हामी सामु छन् ।
अतः तमलोपा कार्यकर्तामा आधारित सबै मधेशीको पार्टी हो भने सन्देश दिदै आम पार्टी कार्यकर्ता एवं मधेशी जनतामा यसको अनुभूति गराउँदै अबदेखि हामी आफ्नो कार्यपद्धतिमा परिवर्तन गरौ र समावेशीताका सिद्धान्तलाई अङ्गीकार गरी पार्टीलाई पुनर्संरचना गरौं । नयाँ जोश तथा उर्जाका साथ आगाडी बढौं । पार्टी नेतृत्व पंक्तिमा रहेका म लगायत समपूर्ण साथीहरु हालसम्म भएका क्रियाकलाप, उतारचढाव, कमीकमजोरीको समिक्षा गर्दै पदीय जिम्मेवारी अनुसारको भारवहन गर्दा भएको त्रुटीहको लागि आत्मालोचित हुदै सम्पूर्ण साथीहरु तथा नेतृत्व पंक्तिलाई यी कुराहरुमा ध्यान दिन आग्रह गर्दछु ।

१. केन्द्रीय कार्यसमितिको बैठक अबिलम्ब बोलाऔ ।
२. केन्द्रिय कार्यसम्पादन समितिको बैठक गरी उक्त समितिलाई पूर्णता दिऔ ।
३. महाधिवेशनको तिथि एवं स्थान घोषणा गरौ
४. क्षमताको अधारमा कार्यविभाजन एवं जिम्मेवारी बाँडफाँड अबिलम्ब गरौ ।
५. केन्द्रिय कार्यालयको कार्यलाई व्यस्थित पारदर्सी बनाऔं ।
६. पार्टी अनुसारका विधान वा विधान अनुसारको पार्टी ? कुनै एकलाई रोजौ ।
७. पार्टी बिधानलाई लोकतान्त्रिक गरी सबै पदमा निर्वाचन गर्ने प्रावधानको ग्यारेन्टी गरौ ।
८. सामुहिक नेतृत्वको सिद्धान्तमा आधारित रही पार्टीको सबै निर्णय तथा गतिविधी सम्बन्धित समितिबाट गर्ने परम्पराको थालनी गरौ ।
९. आर्थिक अवस्थाको पारदर्शीता तथा सुदृढीकरण गरौ ।
१०. पार्टीको सबै विभागहरुको गठन पुनर्गठन तथा व्यवस्थापन अबिलम्ब गरौ ।
११. वर्गीय संगठनहरुलाई चुस्तदुरुस्त बनाउन प्रभावकारी संयन्त्रहरु निर्माण गरी सक्रियता एवं जीवन्तता प्रदान गरौं ।
१२. जिल्ला पार्टीमा देखिएको विवादहरुलाई अबिलम्ब प्रभावकारी एवं परिणाममुखी किसिमले समाधान गरांै ।
१३. सबै तहमा प्रशिक्षणका कार्यक्रम संचालन गरौ । धन्यवाद

जय तराई जय मधेश