चर्पी दिवस मनाईयो ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ४ राम नारायण पंडित
सिरहाको मिर्चैयामा बुधबार विश्व चर्पी दिबस मनाईएको छ । नब घोषित मिर्चैया नगरपालिकाको आयोजना तथा श्रृजना सामुदायिक बिकास केन्द्र चोहर्बाको सहयोगमा विश्व चर्पी दिबस मनाईएको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देब यादबले जानकारी दिए । दिवसको अबसरमा मिर्चैयामा जनचेतना मुलक र्याली पनि निकालिएको थियो । मिर्चैैया नगरपालिका कार्यालयको प्रांगणबाट निकालिएको
र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै पुनः नगरपालिकाको कार्यलय परिसरमा पुगि समापन गरिएको थियो । र्यालीमा सहभागीहरुले प्ले कार्ड बोकेरे बिभिन्न जनचेतना मुलक नारा पनि लगाएका थिए । र्यालीमा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत यादबको साथै कर्मचारी, ईलाका प्रहरी कार्यालय र शसस्त्र बेश क्याम्प मिर्चैयाका प्रहरी, नगरबासी त्यस्तै स्वास्थ्य स्वंयसेविका, विभिन्न राजनितिक दलका प्रतिनीधीहरुका उल्लेखनिय सहभागिता रहेको थियो ।


