एसबीआई बैंकमा लुटपाट, अज्ञात समूहको गोली लागेर सुरक्षागार्ड घाइते
Advertise Here Book Now
लुटेराहरुमध्ये १ जना पक्राउ
ऑनलाइन सिरहा डटकम रौतहटको चन्द्रनिगाहपुरमा रहेको एसबीआई बैंकमा अज्ञात समूहले लुटपाट गरेको छ। चार-पाँच जनाको समूह आएका लुटेराले गोली चलाउदै बैंकमा लुृटपाट गरेको प्रहरीले जनाएको छ।
ऑनलाइन सिरहा डटकम रौतहटको चन्द्रनिगाहपुरमा रहेको एसबीआई बैंकमा अज्ञात समूहले लुटपाट गरेको छ। चार-पाँच जनाको समूह आएका लुटेराले गोली चलाउदै बैंकमा लुृटपाट गरेको प्रहरीले जनाएको छ।
गोली लागेर बैंकका सुरक्षागार्ड घाइते भएका छन्। बैंकबाट कम्तिमा २० लाख रुपैयाँ लुटपाट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
लुटेराहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भाग्न सक्ने सम्भावित सबै नाका थुनेर लखेट्दै जाँदा डिएसपी नेत्रमणि गिरी नेतृत्वको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ६ जुडीबेलाबाट एक लुटेरा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सानुबाबु थपलियाले बताए।
थपलियाका अनुसार पक्राउ परेका लुटेराको खुट्टामा प्रहरीको गोली लागेको छ। यसैबीच लुटपाटमा प्रयोग भएका दुवै मोटरसाइकल प्रहरीले बरामद गरिसकेक छ।
लुटिएको रकम चन्द्रनिगापुरकै इन्फ्रास्टक्चर बैंकको रहेको प्रहरीले बतायो। इन्फ्रास्टक्चरका सहायक प्रबन्धक उज्जवल रिजाल र सुरक्षा गार्ड तेजबहादुर कार्कीले एसबीआईबाट रकम झिकेर बाहिरिँदै गर्दा उनीहरुमाथि लुटेराले आक्रमण गरेका थिए। लुटेराले गोली चलाएर रकम भएको झोला लुटेर भागेका थिए। गोली लागेर गार्ड कार्की घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

