रौतहटमा एक शिक्षकको हत्या
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २ // रौतहटको भसेडवामा गाविस ३ का शिक्षक तपसीराय यादवको हत्या भएको छ । कनकपुरको नेपाल राष्ट्रिय निम्न माध्यमिक सिम्रीमा कार्यरत शिक्षक २५ वर्षीय यादवको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
घरभन्दा २ सय मिटर परको उखुबारीमा तीन(चार जनाको समुहले खुकुरी प्रहार गरी यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतेकाबेला उनकै सहकर्मी शिक्षक रामाधार यादवले फोन गरेर तपसीलाई घर बाहिर आउन भनेका थिए । त्यसपछि उनी घरबाट बाहिर निस्किएकोबेला खुकुरी प्रहार भएको थियो ।
हतियारधारी समुहले खुकुरी प्रहार गरेपछि तपसीले गाउँलेहरुसँग गुहार मागेका थिए । उनको चित्कार सुनेका आफन्त र गाउँलेहरुले खोज्दै जाँदा तपसीलाई उखुबारीमा फेला पारेका थिए ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भएका तपसीको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको रौतहटका प्रहरी उपरिक्षक सानुबाबु थपलियाले जानकारी दिए ।
तपसीलाई फोन गर्ने उनका सहकर्मी शिक्षक रामधार भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी उपरिक्षक थपलियाले बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्