सहमतिमै संविधान लेखन प्रक्रिया अघि बढाउन २० दलीय मोर्चाको आग्रह
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १४ मंसिर । नयाँ संविधानका विवादित विÈयमा देखिएको गतिरोधका विषयमा आफ्नो धारणा बनाउन बसको २० दलीय राजनीतिक दलहरुको मोर्चाले बिगतको प्रचलन अनुरुपनै प्रतिवेदन पठाउनुपर्ने निस्कर्ष निकालेको छ ।
एकीकृत माओवादी नेतृत्वको २० दलीय मोर्चाको आज बसको बैठकले गतिरोध अन्त्यका लागि बिगतको प्रचलन अनुरुप नै प्रतिवेदन पठाउन लगाउने निर्णय गरेको छ । संबिधानमा रहेका बिवादित मुद्धालाई पहिले जसरी पठाइयो, अहिले पनि त्यसैगरी पठाउनेपर्ने निस्कर्ष निकालिएको राष्ट्रिय मधेस समाजबादी दलका अध्यक्ष शरदसिंह भण्डारीले बताउनुभयो ।
अन्तरिम संविधानको धारा ७० मा सहमत हुन नसकेमा प्रक्रियामा जाने भन्ने लेखिएको भएपनि त्यो धारा राजनीतिक दलबीच छलफल नै हुन नसक्ने अवस्थामा मात्र लागु हुने अन्तिम बिकल्प रहेकाले मोर्चाले संभव भएसम्म सहमतीका लागी नै प्रयत्न गर्नुपर्ने जनाएको छ ।
अन्तरिम संबिधानमा राजनीतिक दलहरुबीच संबाद र छलफल हुन नसकेको अवस्थामा निकास दिनका लागि राखिएको प्रावधानलाई नेपाली काग्रेस र नेकपा एमालेले सुबिधाका रुपमा प्रयोग गर्न खोजेको मोर्चाले आरोप लगाएको छ ।

