मोटरसाइकल दुर्घटनामा परि दुई गम्भिर घाइते
Advertise Here Book Now

राम नारायण पंडित,सिरहा,२० कार्तिक ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बडहरामाल ५ बस्तिपुरमा मोटरसाइकल

दुर्घटना हुँदा २ जना घाइते भएका छन । पुर्वबाट पश्चिम तर्फ

जाँदै गरेको स ५ प ३४६७ नम्बरको मोटरसाइकल बस्तिपुरमा

भैँसीको पाडालाई बचाउने क्रम्मा बुधबार बेलुका करीब ५

बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाईते हुनेहरुमा

कल्याणपुर कालाबन्जर ८ प्रेमनगरका ३५ बर्षीय राम उद्गार कापर

र सोही स्थानका शिवलाल सदा रहेका छन । दुबै जनाको फुल कुमारी

महतो मेमोरीयल अस्पताल कर्जन्हामा उपचार भईरहेको छ भने

दुर्घटनामा परेको मोटरसाइकल कर्जन्हा प्रहरीको नियन्त्रणमा

रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्