नेपाली र्‍याम्पमा रमाउँदै रबिना टन्डन…..!
Advertise Here Book Now

 काठमाडौं : विरालोका चालमा असी फिट लामो र्‍याम्पमा बलिउड नायिका रविना टन्डन झुल्किएपछि दर्शकदिर्घामा रहेका सैयौले क्यामरासहित हात उठाए। शिरमा परम्परागत नेपाली गहना लुस्वाको चरा उनको हिँडाइसँगै ढलक ढलक गर्दे थियो।




शिरवन्दी, छड्के तिलहरी, असर्फी रानीहार, सुनको चुरा, झुम्कामा धपक्क बलेर र्‍याम्पमा उत्रँदाको आकर्षणले सबैलाई लटठ बनायो। रातो लेहँगामा सुनले झपक्क सजिएकी उनी पहिलो पटक नेपाली र्‍याम्पमा उत्रेकी हुन।


रत्न तथा आभूषण संघले बुधबार दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजना गरेको ‘फेशन शो’ मा  रबिनासँगै उनी लगायत नेपाली सुन्दरीहरु रुवी राणा, प्रियंका कार्की, सुविन लिम्बु, रिमा विश्वकर्मा, मलिना जोशी, इशानी श्रेष्ठ र्‍याम्पमा उत्रिए।

नेपाली परम्परागत गहना र पाश्चात्य पोषाकको फ्युजन शोमा देखियो। पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको पहिरन फेशन सोकै आकर्षण थियो। सुनको गहना लगाइन्छ तर उनी त सुनको पहिरनमा उत्रिइन्।


सदिक्षा मयुरको डिजाइन भएको सुनको टप लगाएर प्रस्तुत भइन्। शोमा आकर्षक गहना र पहिरनमा उत्रिइन व्याङकर रविना देशराज श्रेष्ठ। उनले रातो र हरियो रंगको पहिरनमा मुस्लिम परम्परागत गहना लगाएर र्‍याम्प नापिन्।

अभिनेत्री संचिता लुइँटेलले भारी गहना लगाएर र्‍याम्प नापिन्। छड्के तिलहरी, रानी हार, चन्द्रमा, शिरवन्दी, जुरोमा सजाइएको रातो गुलावले उनको सुन्दरतामा सुनमा सुगन्ध थपेझैं देखियो।

सोमा हिराका गहना हार, चुरा, झुम्का, औंठीका डिजाइनहरु प्रस्तुत गरियो। गाउनमा जन्तरको कम्बिनेशन पनि निकै आकर्षक पाटो रहेको थियो। ‘फेशन सो’मा उपस्थित संचार मन्त्री मिनेन्द्र रिजालले रविनालाई सुनको घन्टी उपहार दिएर कार्यक्रम समापन भयो।
- See more at: http://www.rastriyakhabar.com/?p=14542#sthash.0GFkxxLT.dpuf

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्