कोइरालाको कद काटन मोदी भ्रमण रद्द गर्ने योजना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम / / प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वलाई असफल पार्ने काङ्ग्रेसीहरूले अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द गराई कोइरालाको कद काट्ने योजना सफल गरेका हुन् । मधेश विरोधी र राजनीतिक लाभ लिनका लागि विकास कार्य समेतलाई लत्याउनेहरूले नै प्रधानमन्त्री मोदीको भ्रमणलाई रद्द गराउन लागि परेका थिए । स्वागत सत्कारका लागि जिम्मेवारी पाएका भौतिक योजना मन्त्री विमलेन्द्र निधिकै व्यक्तिगत हठका कारण जनकपुरको विकास ओझेलमा परेको निष्कर्ष जनकपुर क्षेत्रका बासिन्दाले गरेका छन् । बृहतर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले यसअघि नै मोदीको जनकपुर भ्रमणलाई बिथोल्न सरकार पक्षीय सांसदहरू नयाँ दिल्लीमा बसेर सुरक्षाको कारण देखाएर लागि परेका जनाइसकेका थिए । नयाँदिल्ली स्रोतका अनुसार मोदीको जनकपुर भ्रमणलाई विशेष बल दिएर सरकारपक्षीय नेताहरूको दबाब बढ्दै गएको थियो । सरकार पक्षीय नेताहरूको दबाब मोदीको तीनवटा स्थलहरूको भ्रमण भन्दा पनि जनकपुरको भ्रमण रद्द गर्न थियो । तर, नयाँ दिल्लीलाई जनकपुरको भ्रमण मात्रलाई रद्द गर्न गाह्रो भएकाले मोदीका काठमाडौ बाहिरका सबै भ्रमण रद्द गर्नुपर्ने निर्णय एक तहले गरेको छ । मन्त्री निधिले यसअघि जनकपुरको फोहोर मिल्काउने डम्पिङ साइट उनको गृह गाँउ नगराइनसँग टाँसिएर रहेको फुलगाामामा बन्न नदिन अडान लिएका थिए । मन्त्री निधिले यसलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासँग जोडेर यो डम्पिङ साइट बन्न नदिएर जनकपुरलाई फोहोरमा जाकिन र फोहोरमाथि राजनीति गर्ने योजना बनाएको स्थानीयहरुको आरोप छ । फुलगामामा हुने डम्पिङ साइट र त्यहाँ जम्मा हुने फोहोरबाट पुनः निर्माण गर्न सकिने वस्तुको उद्योग स्थापनाबाट फुलगाामा र सो गाउँसँग निकट रहेका भारतीय क्षेत्रका जनतालाई पनि आर्थिक गतिविधिमा सघाउ पुग्ने थियो । यस्तो विकासको कार्यलाई सहज निर्माण हुन नदिई मन्त्री निधिले मोदीको भ्रमणबाट जनकपुर क्षेत्रमा निर्माण हुने उत्साहजनक विकास मानसिकतालाई समाप्त पार्न खोजेको स्थानीयहरूको आरोप छ । यो सारा प्रकरणमा नेपाली काङ्ग्रेस भित्रको आन्तरिक कलह पनि काम गरेको छ । मोदीको भ्रमण रद्दबारे पहिला प्रधानमन्त्री कार्यालय, परराष्ट्रमन्त्री, भारतीय दूतावास जस्ता निकायमा जानकारी हुनुपर्नेमा त्यसो नभई आदर सत्कारका लागि नियुक्त मन्त्री निधिले त्यो सूचना सार्वजनिक गर्न पुगेका हुन् । यसले प्रधानमन्त्री कोइरालाको कदलाई काट्ने योजना सफल पार्न निधि लगायतकाले भूमिका निर्वाह गरेको कांग्रेस पार्टीको स्रोत तथा नयाँदिल्ली स्रोतले जनाएको छ । यो निर्णयबाट आक्रोशित जनकपुर–जलेश्वर बन्द छ । मोदीको भ्रमण रद्दबाट निधिको पुतला जनकपुर जलेश्वरमा जलाइएका छन् । अझ पनि मोदीको भ्रमणका लागि जनकपुरबासी व्यग्रछन् । आन्तरिक कलह र राजनीतिक लाभ लिन, व्यक्तिगत हैसियत बढाउने राजनीतिमा विकास र सामाजिक सांस्कृतिक सम्बन्धको बलि दिने परिपाटी बन्द गर्नुपर्ने माग उठ्न थालेको छ ।
