सरकारले गरे मोदीको जनकपुरधाम भ्रमण रद्द
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम , काठमाडौं ४ मंसिर । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमण रद्द गरेको छ। बिहीबार नेपाल सरकार परराष्ट्र मन्त्रालयले यो कार्यक्रम रद्द गरेको सूचनालाई सरकारको तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पुष्टि गरेका छन्।
मन्त्री निधिका अनुसार मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द भएको हो । भारतीय दूतावासको हवाला दिँदै मोदीको जनकपुर भ्रमण कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पाएका परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईले आफूलाई यो सूचना दिएको निधिले हुलाकीन्युजलाई बताएका छन्।
निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बेला एक्कासी रद्द भएकोमा दुःख व्यक्त गर्दै कार्यक्रम रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामाथि खन्याएका छन्।
‘जनकपुरस्थित २२ दलीय मोर्चामा आबद्ध माओवादीका रामचन्द्र झाको अगुवाइमा केही मधेसवादी दलका नेता सम्मिलित टोलीले बखेडा खडा गरेकै कारण मोदीको भ्रमण रद्द भएको दाबी निधिले गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्