बलिउड अभिनेत्री रबिना टण्डन नेपाल आउदै
Advertise Here Book Now

rabeena tondonऑनलाइन सिरहा डटकम १७ कातिक /बलिउड अभिनेत्री रबिना टण्डन नेपाल आउदै  छिन । रबिना भ्रमणको लागी नभई  जेम एण्ड ज्वेलरी एसोसियशनले आयोजना गर्न लागेको फेशन शोमा सहभागी हुन नेपाल आउन लागेकी हुन ।
फेशन शो ५ नोभेम्बर अर्थात कार्तिक १९ मा हुने आयोजकले जनाएको छ । उक्त शोमा रबिनाले इन्टनेशनल शोज टपरको रुपमा उपस्थित हुन लागेकी हुन । आयोजकले एक भिडियो सन्देश जारी गर्दै यसबारेमा जानकारी दिएका हुन ।
भिडियोमा रबिनाले निकै हर्षित मुद्रामा आफु नेपाल आउन लागेको बताएकी छिन ।रबिना बलिउडमा हट र ग्लामरस नायिकाको रुपमा चिनिन्छन । उनले दर्जनौ हिट हिन्दी फिल्महरु दिइसकेकी छिन । तु चिज बडी है मस्त मस्त बोलको गीतको डान्समा रबीनालाई अत्यधिक रुचाईको थियो  ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्