सप्तरीमा सरकारी कर्मचारी अहिले पनि बिदामा, सेवाग्राही समस्यामा
Advertise Here Book Now

saptariऑनलाइन सिरहा डटकम , १७ कात्तिक । दसै-तिहारको बिदामा घर गएका कार्यालय प्रमुख एवम् कर्मचारी कार्यालयमा नहुंदा सेवाग्राही समस्यामा परेका छन् ।
सप्तरी जिल्लामा रहेका सरकारीअन्तर्गत संस्थान समिति, निजामती तथा प्रयोजनका कार्यालय प्रमुख एवम् कर्मचारी नहँुदा काम विशेषले आएका सेवाग्राही रित्तोहात फर्किनु परेको राजविराज–१ का रामदेव चौधरी बताउनुहुन्छ ।
सप्तरीमा करिब तीन दर्जन सरकारी कार्यालय रहेको जसअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, एवम् वन, विद्युत् तथा सिँचाइका कर्मचारी खासगरी भेट्न नसकेको अत्यधिक गुनासो छ । यस सन्दर्भमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवसमेतलाई स्थानीय बासिन्दाले ध्यानाकर्षण गराएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्