नक्कली परिक्षार्थी पक्राउ ।
Advertise Here Book Now



राम नारायण पंडित,
ऑनलाइन सिरहा डटकम सिरहा, २५ कात्र्तिक ।सिरहाको मिर्चैयामा रहेको ब्रह्मचारी दामोदारानन्द कलेज परिक्षा
केन्द्रमा मंगलबार नक्कली परिक्षार्थी फेला परेको छ । राम प्रताप, राम प्रसाद तमांग जन्ता बहुमुखि क्याम्पस गोलबजारको परिक्षार्थीको सट्टामा अन्य एक जना नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको अवस्थामा मंगलबार दामोदरानन्द कलेज  मिर्चैया परीक्षा केन्द्रबाट पक्राउ परेको छ । स्नातक तह अन्तर्गत बिबिएस प्रथम बर्षको आशिंक परिक्षाको दोस्रो दिनको परिक्षामा अर्काको सट्टामा परिक्षा दिईरहेकोे समयमा चेकजाँचको क्रममा उक्त नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको परिक्षा केन्द्रका केन्द्राध्यक्ष चन्देश्बर यादवले जानकारी दिनुभयो । यता, ब्रहमचारी दामोदारानन्द कलेजका क्याम्पस प्रमुख संजय साहले उक्त सम्बन्धमा आफुलाई जानकारी नभएको बताउनु भयो । पक्राउ परेका नक्कली परिक्षार्र्थीलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाईएको छ  भने आवश्यक कार्वाही पनि अगाडी बढाईएको परिक्षा केन्द्रले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्