सवारी चेकजाँचमा कडाई, प्रहरी प्रमुख पनि चेकजाँच गर्दै ।
Advertise Here Book Now

सवारी चेकजाँचमा कडाई, प्रहरी प्रमुख पनि चेकजाँच गर्दै ।

ऑनलाइन सिरहा डटकम /राम नारायण पंडित,सिरहा,२५ कार्तिक ।
सिरहामा सबारी साधन चेकजाचमा कडाई गरिएको छ । सिरहाको मुख्य मार्ग लयायत सहायक मागहरुमा सबारी साधन चेकजाचमा कडाई गरिएको छ । केहिदिन देखि तिब्र रुपमा भईरहेको सबारी दुर्घटनाको सम्बन्धमा स्थानिय मिडिया तथा राष्ट्रिय मिडियाहरुमा समाचार आएपछि सिरहामा पनि प्रहरी प्रशासनले सक्रियता देखाएका हुन । साँझको समयमा मादक पदार्थ सेबन गरि सबारी साधन तिब्र गतिमा चलाउँदा दुर्घटनामा बृद्धि  भएको भन्दै सोमबार साँझ सिरहाको नयाँ चौक चोहर्बामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक राम कृपाल साहको अगुवाइमा गाडी चालकहरुको मापसे
चेकजाँच गरिएको छ । साँझ र बिहानको समयमा सडक दुर्घटना, चोरी, डकैती, अमानविय क्रियाकलाप त्यस्तै मोटरसाईकल एक ठाँउबाठ चोरी गरि अर्को ठाँउ सम्म पुर्याउने गरेको भन्दै   सबारी साधनहरुको चेकजाँचमा कडाई गरिएको जिल्ला टा्फिक प्रहरी कार्यालय लहानले जनाएको छ । चेकजाँचको क्रम्मा ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक बिमल पराजुली, मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख बासुदेब यादब लगायतका सहभागितामा मापसे देखी लिएर अन्य सुरक्षाका सम्बन्धमा चेकजाँचमा कडाई गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमण त्यस्तै आसन्न १८ औँ सार्क शिखर सम्मेलनलाई ध्यानमा राखी सबारी साधन चेकजाँचमा तीब्रता दिइएको श्रोतको दाबी रहेको छ । यता, सिरहाका मिर्चैया लगायतका स्थानमा अनियन्त्रित गतीमा सवारी साधन चलाउने युवाहरुकोे संख्यामा बृिद्ध भइरहदा पनि समन्धित निकाय मौन रहेको स्थानियवासीको आरोप रहेको छ । सवारी चलाउन लिईने चालक अनुमति पत्र लिने समयमा पनि ट्राफिक नियम विपरित चालक अनुमति पत्र वितरण गर्ने गरेको समेत स्थानीयको आरोप रहेको छ । ट्राफिकहरु बर्दिमा मात्रै सिमित रहेका कारण ट्राफिक नियम विपरित मिर्चैया लगायतका स्थानमा केही युवाहरुले अनियन्त्रित गतिमा हर्न बजाउदै मोटरसाइकल चलाई रहेको देखिन्छ । उक्त युवाहरु मध्ये अधिंकाश लागुऔषध दुव्र्यसनी , वैदेशीक
रोजगारीबाट घर फर्किएका युवाहरु रहेका छन भने केही आफुलाई डन भन्ने युवाहरु रहेका छन । अनियन्त्रित गतिमा सवारी चलाउने चालकहरुको बृद्धि भएको अवस्थामा गति नियन्त्रण गर्न चौकचौकमा निस्किएका ट्राफिक प्रहरीहरु मुख दर्शक बन्ने गरेको पाईएको छ । गति नियन्त्रण गर्नु त परै जाओस बरु आफैँ होटलमा बस्ने पान खान जाने पार्क भित्र गफ गरेर बस्ने गरेका पाइन्छ । मिर्चैया नगरपालीकाको अधिकांश सडकहरुमा खाल्डा खुल्डी, साँगुरो सडक, यात्रुहरु र सवारी साधनहरुको चाप भएपनि गाडीहरुको गति कम नभएका कारण दुर्घटनामा दिन प्रतिदिन बृद्धि भइरहेको छ । सवारी चालक अनुमति पत्र वितरणको समयमा कडा नियमका
साथ परिक्षा लिँदा युवाहरुको उदण्डता कम हुने बुद्धिजिबिहरुको भनाई छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्