International
»
संसारकै होचा चन्द्रबहादुर डाँगीले संसारकै अग्ला मानिससँग लण्डनमा भेटने -
संसारकै होचा चन्द्रबहादुर डाँगीले संसारकै अग्ला मानिससँग लण्डनमा भेटने -
Advertise Here Book Now
संसारकै होचा मानिसका रुपमा गिनिज बुक अफ अर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीले संसारकै अग्ला मानिससँग लण्डनमा भेटने भएका छन् ।गिनिज बुकको ६० औं बाषिर्कउत्सवको अबसर पारेर लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा संसारकै अग्ला र होचा मानिसको मिलन हुन लागेको हो ।नेपालका चन्द्रबहादुरका नाममा संसारकै होचो मानिसको रेकर्ड छ भने टर्कीका सुल्तान कोसेको नाममा अग्ला मानिसको रेकर्ड छ ।समारोह आयोजक समितिले नोभेम्बर १३ तारिखमा आयोजना हुने कार्यक्रममा यी दुई रेडर्कधारीको भेट हुन लागेको जानकारी दिएको छ ।सुल्तान ८ फिट एक इन्च अग्ला छन भने २१.५ इन्चमात्र अग्ला छन् ।गिनिज बुकको बाषिर्क उत्सवको अबसर पारेर यी दुईबाहेक अन्य सयौैं रेकर्डधारी लण्डनमा उपस्थीत हुनेछन् । यो बर्ष रेकर्ड राखेका र अन्य चर्चित रेकर्डधारीको जमघट हुने बताइएको छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्