मधेसवादी पार्टीहरु संविधान नबन्दासम्म सरकारमा नजाने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ८ तराई मधेसमा केन्द्रित पार्टीहरुले संयुक्त मोर्चा घोषणा गरेका छन्। सिंहदरबारमा सोमबार एक समारोहको आयोजना गरी मधेसी पार्टीहरुले मोर्चाको घोषणा गरेका हुन्। संविधान जारी गर्न दबाब दिनका लागि संयुक्त मोर्चा घोषणा गरेको उनीहरुले बताएका छन्।
मोर्चामा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), उपन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको राष्ट्रिय तराई मधेस पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र महन्थ ठाकूरको तराइ मधेस लोकतान्त्रिक पार्टी सहभागी छन्।
मोर्चाले संविधान जारी नभएसम्म कुनै पनि मधेसी पार्टी सरकारमा नजाने निर्णय गरेको छ। सहमतिबाट संविधान जारी गर्न दबाब दिनका लागि बाइसदलीय मोर्चासँग गरेर संघर्ष अघि बढाउने निर्णय पनि गरेको छ। त्यसैगरी पहिचानसहित प्रदेशको विभाजन हुनुपर्ने अवधारणा पनि मोर्चाले अघि सारेको छ।

