सप्तरी-२ बाट निर्वाचित एमाओवादी सभासद् अशोक मण्डललाई अदालतको सफाइ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कातिक २० /संविधानसभा विषेश अदालतले सप्तरी २ का एमाओवादी सभासद् अशोककुमार मण्डललाई सफाइ दिएको छ। संविधानसभा विषेश अदालतका अध्यक्ष कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले मण्डललाई सफाइ दिएको हो। सफाइसँगै मण्डलको संविधानसभा सदस्यको निलम्बनमा परेको पद फुकुवाको बाटो खुलेको छ।
उनी गत वर्षको माघ ७ गते निलम्बनमा परेका थिए। साह विजयी भएको सप्तरी २ मा निर्वाचनमा धाँधली भएको भन्दै सद्भावनाका नवलकिशोर साहले गत वर्षको मंसीर २० गते मुद्दा हालेका थिए। सप्तरी २ का केही मतदान केन्द्रमा पुन: मतदान भएको थियो। मण्डलले निर्वाचनमा ६ हजार ५७ मत प्राप्त गरेर विजयी भएका थिए भने साहले ५ हजार ६ सय २४ मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी भएका थिए।
तर पुर्ण निर्वाचनमा समानुपातिकतर्फ मतदान नगराइएको भन्दै संविधानसभा विषेश अदालतले निर्वाचन ऐन विपरित भएको भन्दै निलम्बन गर्न अन्तरिमकालिन आदेश जारी गरेको थियो।

