कांग्रेसमा गुटगत राजनीति मौलाउँदै
Advertise Here Book Now
सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई सजायासमेत काटिसकेको केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वले नयाा गुटलाई क्रियाशील बनाउादै पार्टीकै नाम जोडेर हिन्दु राष्ट्र अभियान चलाएपछि गुटको प्रत्यक्ष असर सिंगो पार्टीमै पर्न थालेको छ । कांग्रेसले सरकारको नेतृत्व गरेपछि देखिएको पदीय र लाभको प्रतिष्पर्धाबाट जन्मिएका गुटका कारण पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।
नयाँनयाँ गुट निर्माणसागसागै गुटगत भेला पनि तीब्र बनाइएको छ । खड्काले नेतृत्व गरेको गुटले बिहीबार हिन्दु राष्ट्र अभियानका नाममा गुटगत भेला र शक्ति प्रदर्शन गरेको छ । अनुशासनको कारबाही सिफारिस भएकी अर्की नेतृ सुजाता कोइरालाले पनि पार्टी भित्रको असन्तुष्टी र कारबाही फुकुवाको दबाव दिन आफू नेतृत्वमा बेग्लै गुट निर्माण गरेकी छन् । अनुशासनको कारबाहीमा परेकाको गुटको नेतृत्व गरेकी कोइरालाको गुटले आगामी कात्तिक २२ मा गुटगत रणनीति तय गर्न काठमाडौमा भेला डाकेको छ ।

