पुटिन संसारकै शक्तिशाली ब्यक्ति, मोदी १५ औं नम्बरमा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कातिक २०/अमेरिकी पत्रिका फोब्र्सले सन् २०१४का सर्वाधिक शक्तिशाली एक सय ब्यक्तिको सूचीमा पुटिनलाई पहिलो स्थानमा राखेको छ । उनी अघिल्लो बर्ष पनि पहिलो स्थानमै थिए ।
फोब्र्सले बुधबार सार्वजनिक गरेको सूचीअनुसार दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा, तेस्रोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, चौथोमा पोप फ्रान्सिस र पाँचौं नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल रहेका छन् ।
माइक्रोसफ्ट मालिक बिल गेट्स सातौं स्थानमा छन भने गुगलका मालिक सर्गेइ र ल्यारी नवौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १५ औं स्थानमा छन् । यस्तै फेसबुक मालिक मार्क जुकरवर्ग २२ औं र एप्पलका प्रमुख कार्यकारी टीम कुक २५ औं शक्तिशाली ब्यक्ति घोषित भएका छन् ।
फोब्र्सको सम्पादकीय मण्डलको चयनमा यो सूची सार्वजनिक हुने गर्छ । फोब्र्सले भनेको छ- यो सूची राजनीतिक प्रभावका आधारमा मात्र नभई सैनिक तथा आर्थिक साधनमाथिको प्रभावमा पनि आधारित छ ।’
पुटिन पछिल्लो समय युक्रेन बिबाद र त्यसमा उनको भूमिकाका बिषयलाई लिएर बिश्व राजनीतिमा चर्चामा छन् । उनकै डिजाइनअनुसार युक्रेनको महत्वपूर्ण भूभाग क्रिमिया रसियामा बिलिन गराइएको र फेरि युक्रेनलाई बिभाजन गर्न लागिएको आरोप लाग्दै आएको छ ।
यस्तो छ, शक्तिशाली ब्यक्तिको सूची
१.भ्लादिमिर पुटिन, राष्ट्रपति, रुस
२.बराक ओबामा, राष्ट्रपति, अमेरिका
३.सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टीका नेता
४.पोप फ्रान्सिस, प्रमुख, रोमन क्याथोलिक चर्च
५.एन्जेला मर्केल, जर्मन चान्सलर
६.जनित एलेन
७. बिल गेट्स
८.मारियो ड्राघी
९. सर्गेइ ब्रेन र ल्यारी पेज
१०.डेभिड क्यामरुन
११. अब्दुल्लाह विन अब्दुल्ला अजिज अल साउद
१२. वारेन वफेट
१३. ली के क्वेङ
१४ कार्लोस स्लीम हेलु
१५. नरेन्द्र मोदी
१६. जेफ बेजोस
१७. फ्रान्सीस ओल्याण्ड
१८. जेमी डिमोन
१९. अली होसेनी खमेनी
२०. रेक्स टेलर्सन
२१. जेफ्री इम्लेट
२२. मार्क जुकर्वर्ग
२३. मिखाइल ब्लुमबर्ग
२४. चाल्र्स कोच र डेभिड कोच
२५. टिमोथी कुक
१.भ्लादिमिर पुटिन, राष्ट्रपति, रुस
२.बराक ओबामा, राष्ट्रपति, अमेरिका
३.सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टीका नेता
४.पोप फ्रान्सिस, प्रमुख, रोमन क्याथोलिक चर्च
५.एन्जेला मर्केल, जर्मन चान्सलर
६.जनित एलेन
७. बिल गेट्स
८.मारियो ड्राघी
९. सर्गेइ ब्रेन र ल्यारी पेज
१०.डेभिड क्यामरुन
११. अब्दुल्लाह विन अब्दुल्ला अजिज अल साउद
१२. वारेन वफेट
१३. ली के क्वेङ
१४ कार्लोस स्लीम हेलु
१५. नरेन्द्र मोदी
१६. जेफ बेजोस
१७. फ्रान्सीस ओल्याण्ड
१८. जेमी डिमोन
१९. अली होसेनी खमेनी
२०. रेक्स टेलर्सन
२१. जेफ्री इम्लेट
२२. मार्क जुकर्वर्ग
२३. मिखाइल ब्लुमबर्ग
२४. चाल्र्स कोच र डेभिड कोच
२५. टिमोथी कुक

