सशस्त्र सुरक्षा बेस क्याम्प स्थानान्तरण गरिने
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम /
उर्लाबारी, २८ कात्तिक – सशस्त्र द्वन्द्वको समयदेखि नै मोरङको उर्लाबारी नगरपालिकाको भवनमा राखिएको सशस्त्र सुरक्षा बेस क्याम्प स्थानान्तरण गरिने भएको छ । स्थानीय बासिन्दाको अनुरोध पछि सशस्त्र सुरक्षा बेस क्याम्प उर्लाबारी–५ आइतबारेस्थित निरौला बन्धु समाजको जग्गामा स्थानान्तरण गर्न लागिएको हो । विगत पाँच वर्षदेखि नै स्थानीय बासिन्दाले सशस्त्र सुरक्षा बेस क्याम्प स्थानान्तरणका लागि विभिन्न सरकारी कार्यालयमा सामूहिक हस्ताक्षरसहित निवेदन दिएका थिए । सशस्त्र सुरक्षा बेस क्याम्पको भवन निर्माणका लागि निरौला बन्धु समाजले पाँच कट्ठा तथा स्थानीय समाजसेवी सुरेन्द्रबहादुर निरौलाले एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । सशस्त्र सुरक्षा बेस क्याम्पको भवन निर्माणका लागि चन्दा सङ्कलनबाट दुई लाख, उर्लाबारी नगरपालिकाको अनुुदान तीन लाख तथा अपुग रकम संसदीय विकास कोषबाट जुटाउने सशस्त्र सुरक्षा बेस क्याम्प भवन निर्माण समितिका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले जानकारी दिए । बेस क्याम्पको भवन निर्माण कार्य सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्