३५ किलो सुन प्रकरण्ाँसंगै नक्कली भ्याट विलमा तानिदै डीआईजी अर्याल, आईजीपीले पठाए तालिमकालागी अमेरिका
Advertise Here Book Now


Dig-prakash-aryal
ऑनलाइन सिरहा डटकम कातिक २०/ -नक्कली सुराकी खडा गरेर सुनबाट करोडौं सुराकी कमिशन खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका मध्येक्षेत्रका डीआईजी प्रकाश अर्यालमाथि अर्को आपत आइपरेको छ । ३५ किलो सुन प्रकरण्ाँमा करिब ३ महिना पहिले सोधपुछको लागि अख्तियारले डीआइजी अर्यालमाथि वयान लिइ छानविन गरिरहेको छ । तर छानविनलाई प्रभावमा पार्न आईजीपी उपेन्द्रकान्त अर्यालले डीआईजी अर्याललाई सुरक्षा सम्बन्धि तालिममा अमेरिका पठाएका छन् । अख्तियारको अनुसन्धानको निरन्तर घेरामा रहेका डीआईजीलाई बचाउन आईजीपीले अन्य डीआईजीहरुमध्ये एकलाई पठाउनुपर्नेमा षड्यन्त्र मुलक ढंगले अर्याललाई नै पठाएर चोखो बनाउन खोजेका हुन् ।

यता अख्तियारले भने डीआईजी अर्यालको अर्को कर्तुत फेला पारेको छ । लुम्बिनी अञ्चल प्रहरी कार्यालयमा एसएसपी छ“दा अर्यालले गाडी मर्मत गरेको भन्दै ८० हजार रुपैया“को नक्कली भ्याट विल कार्यालयमा पेश गरी कमिसन खाएको विषयमा पनि अख्तियारले छानविन गरेको थियो । त्यतिबेला अख्तियारका सचिव भगवती काफ्ले नै प्रमुख थिए । अख्तियारले डीआईजी अर्यालमाथि विभागिय कारबाही गरी जानकारी दिन प्रहरी प्रधान कार्यालयलाई पत्र समेत काटेको थियो । तर अर्यालले त्यतिबेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मामार्फत काफ्लेलाई दबाब दिन लगाई कारबाहीबाट जोगाएका थिए । शर्मा डीआईजी अर्यालका मामा समेत हुन् । त्यतिबेला प्रहरीमा आईजीपी रहेका कुवेरसिंह रानाले डीआईजी अर्यालको पत्र लुकाएर उल्टै पुरस्कृत गरी बढुवा गरेर सिआईवीको प्रमुख बनाएका थिए । तर सिआईवीमा गएपछि अर्याल सुन काण्डमा तानिएका हुन् ।

यतिबेला भने गृहमन्त्री बामदेव गौतमका विश्वासिला पात्र नै शर्मा बनेका छन् । स्रोतका अनुसार डीआईजी अर्यालले २२ हजार विगो जरिवाना तिरी त्यतिबेला अख्तियारको कारबाहीबाट जोगिए भने मामा शर्माको दबाबमा उनलाई विभागीय कारबाही भने भएको थिएन । अख्तियारले हाल अर्यालको फाइल पल्टाउ“दा पुरानो केश पत्ता लगाएपछि अर्याल फेरि संकटमा परेका छन् । उनी नेपाल आउनासाथ अख्तियारले पुनः बयानका लागि बोलाएर कारबाही गर्न अन्तिम तयारी गरेको अख्तियार स्रोत बताउ“छ ।

बाहिरबाट हेर्दा कडा स्वभावका अर्याल थोरै मात्र भारतीय र नेपाली तस्करहरुस“ग विशेष सम्बन्ध भएका प्रहरी अधिकारी हुन् । उनलाई भारतीय तस्करहरुले गोरखपुरमा एउटा विशाल घर खरिद गरिदिएको विषयमा पनि अख्तियारले अनुसन्धान गर्ने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्