कपिलवस्तुमा अमेरिकन रिभल्वरसहित एक अभियुक्त पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,कार्तिक २० गते ।
प्रहरीले कपिलवस्तुको नन्दनगर गाविस–१ पतरिया चोकमा अमेरिकन रिभल्वर सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले हथिहवा गाविस–८ विसनपुरका ३० वर्षका गया चमारलाई रिभल्वरसहित पक्राउ गरेको हो । सुराकीका आधारमा उनलाई योजनाबद्ध तरिकाले पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मनोज कुमार यादवले बताउनुभयो । हतियारको कारोवार गर्ने उनीसँगै रिभल्वर किन्नका लागि सादा पोसाकको प्रहरी खटाईएको छ । हतियार बेच्नका लागि उनीसंगै मोटरसाईकलमा आएका हतिहवा–९ शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी फरार भएका छन् ।


